नेपालगन्जमा दुई समुहवीच खुकुरी हानाहान, २ जना गम्भिर घाईते

१ आश्विन २०७५, सोमबार १०:२८

काठमाडौं । बाँके जिल्लाको नेपालगन्जमा २ समुहबिच खुकुरी हानाहान हुँदा दुईजना गम्भिर घाईते भएका छन् । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ धम्बोझी चोकमा २ समुहबिच झडप भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खुकुरी प्रहारबाट नेपालगन्ज उपमहानगरपालिका ८ निवासी सुरेश कुर्मी र नेपालगन्ज उपमहानगरपालिका र १ धम्बोझी बस्ने रोशन महतरा गम्भिर घाइते भएका हुन । घाईते मध्ये सुरेश कुर्मीलाई नेपालगन्जमा उपचार हुन नसके पछि लगिएकोे छ । त्यसै गरि अर्का घाइते रोशन महतराको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले खजुरा गाउँपालिका १ का दिपक थापालाई पक्राउ गरेको छ । घटनास्थलबाट खुकुरी पनि बरामद गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने अन्यको खोजी भइ रहेको छ ।