खानेपानी सम्बन्धी ऐन जनमैत्री बनोस: ठाकुर

१० भाद्र २०७५, आईतवार १८:४५

खानेपानी मन्त्रलयको सचिव गजेन्द्र कुमार ठाकुरले खानेपानी सम्बन्धी बन्ने ऐन जनमैत्री हुनुपर्ने माग गरेका छन् । आईतबार काठमाडौंमा खानेपानी उपभोक्त महासंघले आयोजान गरेको १६ औं वार्षिक उत्सव तथा पत्रकार सम्मान कार्यक्रमको प्रमुख अतिथीको आशनबाट बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारलाई विभिन्न समयमा कानुन बनाएर लागु गर्न खानेपानी सम्बन्त्री संघ संस्थाहरुले माग गवर्दै आउको भएपनि हाल सम्म यसको प्रभावकारी कार्यान्वायन हुन नसकेको बताउदै उनले यस्तो बताएका हुन् । सचिव ठाकुरले खानेपानीको लागी खरबौ अरबौ बजेट छुट्याईदै आएको भएपनि बजेटको सहि सदुपयोग तथा हुन नसकेका कारण जनताको घरमा पानीको समस्या बढ्दै गएको बताउदै उनले अहिले केहि हद सम्म भएपनि खानेपानीको समस्या कम भएको बताएका थिए । यसैविच
खानेपानी तथा सरसफाईमहासंघको १६ औं वार्षिक उत्सव आईतबार काठमाडौंमा मनाईएको छ । महासंघले् काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कनाएको छ । काठमाडौंको नयाँ बानेश्वर स्थित अर्याल ईन्टरनेश्नल होटलमा एक कार्यक्रमको आयोजना गर्दै महासंघले आफुले १६ वर्षको अवधिमा गरेका कामहरुको सुचना पनि दिएको थियो ।

महासंघको अथक प्रयासका कारण नेपालमा खानेपानी सम्बन्धी समस्याहरु पहिलेको भन्दा अधिक मात्रामा कम भएको जनाएको छ । पुर्व मेची देशी पश्चिम महाकाली सम्म करिब पाँचहजार उपभोक्ता भउको यस संस्थाले खानेपानी तथा सरसफाईको क्षेत्रमा उदाहरणिय काम गर्दै आएको छ। सो क्रममा महासंघले ४ जना पत्रकारलाई सम्मानीत गरेको छ। यो भन्दा पहिले तिनओटा क्षेत्रमा काम गनेर्) पत्रकारहरुलाई मात्र सम्मानित गर्दै आएको महासंघले यस वर्षबाट अनलाईनहरुलाई थप्दै चार विधालाई सम्मान गरेको हो ।

खानेपानी क्षेत्रका समस्याहरु समेट्दै पत्रकारिता गरिरहेका कान्तिपुर दैनिकका कालिकोट सम्बाददाता तुलाराम पाण्डे, सगरमाथा देलिभिजनबाट नरि बडु, अनलाईन केन्द्रका राज ढंगाना र रेडियो सगरमाथाका उर्वसी बस्नेत लगायतका पत्रकारहरुलाई सम्मानित गरेको छ।