नेपाली फुटबलको कार्यवाहक प्रशिक्षकमा महर्जन

७ भाद्र २०७५, बिहीबार ०८:५८

नेपाली फुटबल टिमको कार्यबाहक प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले महर्जनलाई हिजो बुधबार कार्यबाहक प्रशिक्षाकको जिम्मेवारी दिएको हो ।

यो भन्दा पहिले कार्यबाहक प्रशिक्षाका जिम्मा सम्हाली रहेका जापानी प्रशिक्षक ग्योतुको कोजीको श्रमस्वीकृति म्याद सकिएकाले उनी नेपाल नआउने भएपछि यसको जिम्मा महर्जनलाई सुम्पिएको हो ।

महर्जनले आगामी सेप्टेम्बर ४ मा शुरु हुने साफ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन्। बालगोपालले कोजी मुख्य प्रशिक्षक हुँदा सहायक प्रशिक्षक भएर काम गरेका थिए। एसियाली खेलकुदका लागि इण्डोनेसिया गएका कोजी उतैबाट घर फर्किएका छन्।