काठमाडौँ। कोरोना महामारीका कारण २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा भएन। गत चैत ६ गतेदेखिका लागि तोकिएको परीक्षा अन्तिममा आएर स्थगित गरिएको थियो। जेठमा बसेको मन्त्रिपरिषद् बैठकले परीक्षा नै रद्द गरेर आन्तरिक मूल्यांकनको आधारमा गर्ने निर्णय गर्यो। करिब एक वर्षपछि महामारी अझै जारी छ। यो वर्षको एसईई पनि के हुने भन्नेमा अझै अन्योल नै
ललितपुरमा आठ महिनादेखि बन्द रहेका विद्यालयको नियमित पठनपाठन सुरु हुने भएको छ । ललितपुर महानगरपालिकाले सो क्षेत्रभित्र पर्ने विद्यालय खोल्न निर्देशन दिएको छ । मंगलबार बसेको महानगरको शिक्षा समितिको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो । समितिले विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघबीच छलफल गरी मापदण्ड तय गर्न पनि विद्यालयहरुलाई आग्रह गरेको छ । सरकारले
काठमाडौं , चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयको यस अघि स्थगित परीक्षा आगामी पुष १८ गतेदेखि हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय अन्तर्गतको परीक्षा शाखाले परीक्षा तालिका सार्वजनिक गरेको हो । सूचना अनुसार सेमेस्टर प्रणाली अनुसार सञ्चालन गरिने बीएससी सीएसआईटी विषयको तेश्रो
काठमाडौं , कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्दै छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण कार्यविधि २०७७ पारित गरी परीक्षा सञ्चालन गर्न लागेको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले बताए।