काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । विसं १९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमालको आज निधन भएको हो । उनले लेखेका ‘उदास मेरो जीवन कथा’ उनको लोकप्रिय गीत हो । उनले आधुनिकभन्दा पनि धेरै राष्ट्रिय गीत लेखेका छन् । उनी कविता पनि लेख्थे । विसं २००५ सालबाट कविता लेख्न थालेका
काठमाडौं । पत्रकार एवम् स्काउट लिडर राजीव खत्रीको ‘स्कार्फ’ नामक नियात्रासंग्रह सार्वजनिक गरिएको छ । युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल तथा साहित्यकारहरू राधेश्याम लेकाली, युवराज नयाँघरे, लाइन्स क्लब इन्टरनेसनलका गभर्नर टंक श्रेष्ठ, स्काउट लिडरहरू डा रविन्द्र प्रसाद पाण्डे, रविन दाहाल, अनन्तप्रसाद भेटुवाल, चन्दन
काठमाडौँ , यस वर्षको हृदयचन्द्र स्मृति सम्मान वरिष्ठ समालोचक डाक्टर ऋषिराज बराल र गोपालप्रसाद रिमाल पुरस्कार साहित्यकार शार्दूल भट्टराईलाई प्रदान गरिएको छ। शनिबार साहित्य सदनले राजधानीमा गरेको एक कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक प्राध्यापक डाक्टर राजेन्द्र सुवेदीले बराल र भट्टराईलाई सम्मान गरेका हुन् । हृदयचन्द्र स्मृति सम्मानको राशि २५ हजार तथा गोपालप्रसाद रिमाल पुरस्कारको राशी
काठमाडौं , ज्योति साहित्य प्रतिष्ठानले १७१औं कविता यात्रा सम्पन्न गरेको छ ।कार्यक्रममा कविहरू रामबाबु सुवेदी, कलानिधि दाहाल, टंक भट्टराई, महेशराज खरेल, निर्मल पराजुली, ज्योति जंगल, जीविका अश्रु (गान्तोक), भैरवी भूगोल, गोकुल अधिकारी, गौरी तमु, निरु बिन्दु (कालेबुङ), लक्ष्मी रायमाझी खड्का, सुशीला ढकाल अधिकारी, लक्ष्मीप्रसाद मिश्र, चन्द्रवती अधिकारी, शर्मिला कार्की, सुमित्रा सुमी, पूर्णप्रसाद पन्त, रेणु घिमिरे,