कैलालीमा बस दुर्घटनामा परि दुईको मृत्यु, ४ घाईते

२९ भाद्र २०७५, शुक्रबार १८:४१

लाल बहादुर विक, काठमाडौं । कैलालीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कैलालीको लम्कीचुहान–३, बल्चौरमा शुक्रबार दिउँसो बस भएको हो ।

चिसापानीबाट लम्कीतर्फ गइरहेको से १ ख ११८८ नम्बरको बस दुर्घटना हुँदा घाइते भएका छजना मध्ये दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी शिवबहादुर सिंहका अनुसार घाइते साइकल यात्री १२ वर्षीय अनिल वादी र ३८ वर्षीय प्रसंग तामाङको मृत्यु भएको हो ।

वादी बल्चौरमा रहेको वादी शिविरका बासिन्दा हुन् भने तामाङ धनगढी त्रिनगरका निवासी रहेको प्रहरीले जनाएको छ । प्हरीका अनुसार मृतक दुबैजनाको शव टीकापुर अस्पतालमा राखिएको छ।

वादी र तामाङ बस दुर्घटनामा गम्भीर घाइते भएका थिए । अन्य चारजना घाइतेको भने स्थानीय अस्पतालमा उपचार भइराखेको छ ।