बैतडिमा यात्रुबाहक बस ठोक्कीँदा १९ घाईते

२५ भाद्र २०७५, सोमबार १८:५१

बैतडीमा यात्रुबाहक बस एक आपसमा ठोक्कीदा १९ जना घाईते भएका छन् । बैतडिको महाकाली राजमार्ग अन्तर्गत पर्ने सतबाँझ (गोकुलेश्वर सडकखण्डको बांगाबगरनजिकै सोमबार अपरान्हको समयमा ति दूई यात्रुवाक बस ठोक्किए हुन् ।

महेन्द्रनगरवाट दार्चुलाका लागी छुटेको ना ६ ख ७४२० बस र गन्नाबाट महेन्द्रनगरका लागी छुटेको ना ४ ख ७५४७ नं बस अपरान्ह साढे ४ बजे बांगाबगर ठोक्किएका हुन्। घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। बस ठोक्किनुको कारण खुल्न सकेको छैन।

दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीको टोली घटनास्थलमा पुगेको छ।