विप्लव माओबादिले आतंक फैलाएर रकम संकलन थालेपछि सरकारको कारबाहि तिब्र

१२ भाद्र २०७५, मंगलवार ०८:२८

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको माओबादिले आफ्ना सैन्य गतिविधि बढाउन चन्दा संकलन थालेपछि सरकारले कार्वाहि तिब्र पारेको छ । चन्दले विभिन्न ठाउँमा आतंक फैलाउदै मान्छहरुदलाई डराएर चन्दा संकलन गर्न थालेको सुचना पाएपछि कार्वाहि तिब्र पारेको हो ।

विप्लवले देश भन्दा बाहिर पनि सेल्टर बनाएर दुवैतिर बस्न थालेको थाहा पाएपछि सरकार गम्भीर बनेको हो । सरकारले सैन्य फाँटका उपल्ला नेता र १० जना केन्द्रीय सदस्य लाई पक्राउ गरेको छ ।

कारबाही सिलसिलामा विप्लवपछिका नेता तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई पनि विभिन्न समयमा पक्राउ गरिदै आएको छ । स्रोतका अनुसार जिल्ला कार्यकर्ता धेरै पक्राउ परेका छन्।

सुरक्षा संवेदनशीलताका कारण ती व्यक्तिको नाम भने प्रहरी स्रोतले खुलाउन चाहेन । मन्त्रिपरिषद स्रोतले पनि विप्लव माओवादीको सैन्य फाँटका ठूला नेता पक्राउ परेको पुष्टि गरेको छ ।
‘अब पनि हामीले सुरक्षामा ध्यान दिएनौं र विप्लव माओवादीलाई हलुका रुपमा लियौं भने भविष्यमा यो समस्या ठूलो हुन सक्ने देखियो,’ मन्त्रिपरिषद स्रोतले भन्यो, ’त्यही भएर उनीहरुका नेता र कार्यकर्ताविरुद्ध धरपकड तीव्र पारेका छौं।’

विप्लव माओवादीले २५ देखि ३० करोड रुपैयाँ चन्दा उठाएको प्रहरी स्रोतको दाबी छ । यति ठूलो रकम जम्मा गरेपछि विप्लव माओवादी सैन्य तालिम र सैन्य संरचना निर्माणमा लागेको स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार बिहान सम्पादकहरुसँगको भेटमा विप्लव माओवादीको नाम नलिई यो चुनौती गम्भीर बन्दै गएको संकेत गरेका थिए।

’अहिले केही तत्वहरु हिंसाको खेतीमा लागेका छन्,’ प्रधानमन्त्रीले विप्लव माओवादीका गतिविधि इंगित गर्दै भने, ’ती अराजनीतिक, असामाजिक र आतंककारी गतिविधि हुन्, सभ्य समाजले त्यसलाई स्वीकार्न सक्दैन।’

प्रधानमन्त्रीले केही समययता विप्लव माओवादीले गराएका हिंसात्मक घटनाको फेहरिस्त सुनाउँदै भने, ’उदयपुरमा चुनाव बेला नेपाली कांग्रेसका नेताको खुट्टा काटियो। यो आपराधिक काम हो। रौतहटमा निहत्था आमा र छोरामाथि आक्रमण गरियो। कसैको हात छैन। कसैको खुट्टा छैन। जागिर खान गएका एक म्यादी प्रहरीको ज्यान गयो। भोजपुरमा नेतामाथि आक्रमण गरियो। नुवाकोटमा अर्का नेता चढेको गाडीमा प्रहार भयो।’

विप्लव माओवादीको वाह्य शक्तिसँग साँठगाँठ रहेको पनि प्रधानमन्त्रीले संकेत गरे। भने, ‘यस्ता तत्वलाई थुन्न पनि गाह्रो छ। तिनको पहुँच कहाँ, कहाँसम्म छ भन्न गाह्रो छ। तिनलाई क-कसको साथ छ, सहयोग छ, क(कसको हात छ भन्न सकिँदैन। यो डरलाग्दो कुरा हो।’

प्रहरीको उच्च स्रोतले भने प्रकाण्ड र सैन्यफाँटका ठूला नेता समातिएपछि विप्लवको शक्ति धेरै कमजोर भएको दाबी गरे।

‘आर्थिक र सांगठनिक पक्ष हेर्ने प्रमुख नेता नै प्रकाण्ड हुन्,’ स्रोतले भन्यो, ’उनलाई पक्रेपछि विप्लव समूहलाई धेरै ठूलो धक्का पुगेको छ।’

प्रकाण्डसहित पक्राउ परेका मुख्य माओवादी नेताहरुलाई त्यत्तिकै नछाडिने पनि प्रहरी स्रोतले बतायो। प्रकाण्डलाई अदालतले बारम्बार छाड्न आदेश दिए पनि सरकारले अदालत परिसरबाटै तुरुन्त पक्राउ गर्दै आएको छ।

गत साउन २२ गते हेटौंडाबाट काठमाडौं आउने क्रममा प्रकाण्ड पक्राउ परेका थिए। प्रहरीले उनीमाथि जबर्जस्ती चन्दा असुलीको आरोप लगायो। काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरायो।

साउन २५ गते दायर भएको बन्दी प्रत्यक्षीकरण मुद्दामा न्यायाधीशहरू चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले भदौ १ गते उनलाई छाड्न आदेश दियो। सर्वोच्चले चन्दा ऐन २०३० अनुसार कसुरजन्य कार्य गरेको नदेखिएको भन्दै रिहाइ गरेको हो।