विम्स्टेक शिखर सम्मेलनः नेपालका लागी कोशेढुंगा सावित होस्

१२ भाद्र २०७५, मंगलवार १७:२०

विम्स्टेकको शिखर सम्मेलन बिहिबार बाट काठमाडौंमा सुरु हुदैछ । पहिलो पटक नेपालले आयोजान गर्न लागेको शिखर सम्मलेनका लागी काठमाडौंलाई दुलहि जस्तै सिँगारिएको छ । विश्वभर यसको व्यापक चर्चा भईरहेको छ । यो शिखर सम्मेलन नेपालका लागी महत्वपुर्ण अवरसर पनि हो । विम्स्टेकले तय गरेका चौधवटा प्राथमिकता मध्ये अधिकांश नेपालको आर्थिक समृद्धिसंग जोडिएका छन् ।

प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउने र उत्पादन गर्नसक्ने सम्भावित वस्तु निर्यातका दृष्टिले यो शिखर सम्मेलन नेपालका लागी धेरै महत्वपुर्ण हुने आशा गरिएको छ । विम्स्टेकले तय गरेका आपसी समझदारी सम्बन्धी प्राथमिकतामा व्यापार र लगानी परिवृद्धि, उर्जा, यातायात तथा सञ्चार, पर्यटन, जनस्वास्थ्य, गरिबी निवारण, प्रति आतंकबाद, तथा संक्रमणिय अपराध र मौसम परिवर्तन छन् ।

अधिल्लो पटक म्यानमारमा भएको विम्स्टेकको मन्त्रीपरिषद सतरिय बैठकले सिमापार उर्जा निर्यातलाई पारित गरिसकेको छ । नेपालमा हुने पहिलो शिखर सम्मेलनले त्यसलाई पारित गर्ने कार्यक्रम छ । घोषित तथा पारित कार्यक्रम व्यावहारिक रुपमै कार्यान्वयन हुने होभने नेपालको अपार सम्भावना रहेको जलविद्युत उर्जाले अन्र्तराष्ट्रिय बजार पाउने अपेक्षा गरिएको छ ।

शान्ति सुरक्षा, विकाश समृद्धिका लागी सामुहिक प्रयास यस्ता संगठनको लक्ष्य हुने गर्दछ । विम्स्टेक सदस्य राष्ट्र लगरिबी अभाव, राजनीतिक अस्थीरता जस्ता समस्यासंग जुधिरहेका छन् । राष्ट्रको राजनीतिक प्रभावका कारण पनि यस संस्थाले गति पाउन सकेको छैन् ।

उर्जाको व्यापार तथा बजार सुनिश्चित नभएकै कारण नेपालका ठुलासाना आकर्षक जलविद्युत आयोजनामा प्रत्यक्ष बैदेशिक लगानी भित्रिन सकेको छैन् । शान्ति सुरक्षा, विकाश समृद्धिका लागी सामुहिक प्रयास यस्ता संगठनको लक्ष्य हुने गर्दछ । विम्स्टेक सदस्य राष्ट्र लगरिबी अभाव, राजनीतिक अस्थीरता जस्ता समस्यासंग जुधिरहेका छन् । राष्ट्रको राजनीतिक प्रभावका कारण पनि यस संस्थाले गति पाउन सकेको छैन् ।

सार्कको १८ औं शिखर सम्मेलन करिब ४ वर्ष अघि नेपालले आयोजना गरेको थियो । त्यसपछि थप ओझेलमा परेको सार्कको विकल्पको रुपमा विम्स्टेकलाई लिइएको छ । विम्स्टेक क्षेत्रमा २० प्रतिशत बढि जनसंख्या गरिबीको रेखामुनी रहेकाले तिनको स्तर उन्नतीको लागी समेत प्रस्ताव तयार पारिएका छन् ।

वर्तमान अवस्थामा नेपालले दुबै क्षेत्रीय संगठनको अध्यक्षता गरिरहेको छ । सार्कको १८ औं शिखर सम्मेलन करिब ४ वर्ष अघि नेपालले आयोजना गरेको थियो । त्यसपछि थप ओझेलमा परेको सार्कको विकल्पको रुपमा विम्स्टेकलाई लिइएको छ । विम्स्टेक क्षेत्रमा २० प्रतिशत बढि जनसंख्या गरिबीको रेखामुनी रहेकाले तिनको स्तर उन्नतीको लागी समेत प्रस्ताव तयार पारिएका छन् । शिखर सम्मेलनमा अन्तरदेशीय अपराधको जोखिम, आतंकबाद, र विध्वंसको खतरा, चरमपंथि, अतिबाद, हातहतियार र लागु औषध, ओसार पसार लगायतका विषयमा गम्भिर बहस हुन जरुरी छ ।

नेपाल सरकारले शिखर सम्मेलनको क्रममा आफ्ना मुद्धा स्पष्टसंग राख्न सक्नुपर्छ । यो नै आजको आवश्यकता हो । विम्स्टेक सम्मेलन नेपालमा हुनु यो हाम्रो देशको लागि ठुलो अवसर र गौरवको विषय हो ।यो शिखर सम्मेलनबाट सरकारले धेरै लाभ लिन जरुरी देखीन्छ ।