“बल्ल पत्याए कमल थापाले पौडेललाई’’

१२ भाद्र २०७५, मंगलवार १९:११

राष्ट्रिय प्रजातन्त्र पार्टिको केन्द्रिय सदस्यमा गोपाल पौडेल मनोमित भएका छन् । लामो समय देखी राप्रपाको भातृ संगठनहरुमा रहेर राजनीति गरिरहेका नेता पौडेल मंगलबार राप्रपाको केन्द्रिय सदस्यमा मनोनित भएका हुन ।

वि.सं. २०४७ सालबाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीति सुरु गरेका नेता पौडेल राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रिय सल्लाहकार सदस्य भएका थिए । त्यसपछि २०५५÷५६ मा उनले विद्यार्थी संगठनकै केन्द्रिय अध्यक्ष भएर काम गरे ।

उनको राजनीतिक यात्रा सधै सफल रह्यो । यसपछि पनि धेरै संगठनहरुको जिम्मेवारी सम्हाल्न पुगेका पौडेल पार्टिको प्रचार विभागमा समेत रहेर काम गरेको् अनुभव छ । नेविसंघमा आन्तरिक विवाद बढेका कारण अलग्गीएका पौडेल राप्रपामा लामो समय सक्रिय रहे । अन्ततः उनलाई कमल थापाले पत्याए । जसको कारण उनी राप्रपाको केन्द्रिय सदस्य बन्न सफल भए ।

यस्तै पौडेलले पार्टिले अपनाएको हिन्दु जागरण अभियानलाई सफल पार्नं आफुले अहम भुमिका निर्वाह गर्नेे बताएका छन् । पार्टिले अहिले निर्वाचन क्षेत्रको भाग लगाउदै विभिन्न तहका नेताहरुलाई स्थानीय तहमा हिन्दु जागरण अभियान चलाउन जिम्मेवारी दिएर प्रचार प्रसारमा जुटेको जानकारी दिदै उनले नेपालमा हिन्दु राज्य कायम गरेरै छाड्ने प्रतिबद्धता जनाए ।