दाङ पेस्तोल र गोली सहित एक जना पक्राउ

१ आश्विन २०७५, सोमबार ०८:५०

दाङ । दाङमाा पेस्तोल र गोली सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–१३ बडहराका २७ वर्षीय वीरबहादुर चौधरी अत्याधुनिक पेस्तोल र त्यसको ४ राउण्ड गोलीसहित पक्राउ परेका हुन् ।

घोराही उपमहानगरपालिका–१५ बुद्धि ग्यारेज नजिकैबाट पक्राउ परेका चौधरीको साथबाट प्रहरीले अमेरिकामा बनेको एक थान अटोमेटिक पेस्तोल, एक थान म्यागजिन, चार राउण्ड गोली र रा ४ प २४६६ नम्बरको मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन गरी चौधरीलाई बरामद सामानसहित सार्वजनिक गरेको हो।

पक्राउ परेका चौधरीबारे अनुसन्धान भैरहेको र हातहतियार खरखजना मुद्दामा कारबाही प्रकृया सुरु गरिएको प्रहरीले जनाएको छ । ।