पोखरामा एउटै रुखमा झुण्डिएको अवस्थामा फेला पर्यो एक जोडि

२५ भाद्र २०७५, सोमबार १८:५७

पोखरा । पोखरामा एउटै रुखमा झुण्डिएको अवस्थामा एक जोडि फेला परेको छ । सोमबार पोखराको लभ्लीडाँडामा स्थीत एक रुखमा उनहिरु झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

स्थानीयले उनीहरुलाई झुण्डिएको अवस्थामा भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए। शव सडेर पहिचान हुन नसक्ने भइसकेको प्रहरीचौकी बैदामका डिएसपी नबिन कार्कीले जानकारी दिए।

‘जोडी नै रुखमा झुण्डिएर आत्महत्या गरेको पाइयो’ उनले भने, ‘उनीहरू को हुन्, किन आत्महत्या गरे अनुसन्धानको विषय बनेको छ। उनीहरूको शव पनि सढेको छ। आकृति मात्रै देखिएको छ।’ प्रहरीले घटनास्थल नजिकै सिमाकार्ड समेत फेला पारेको छ।