मोटरसाइकल दुर्घटनामा परी अर्घखाँचीका बाबु र छोराको मृत्यु

१५ भाद्र २०७९, बुधबार २२:१०

दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बुटवलको बेलबासमा बाबु र छोराको ज्यान गएको छ ।

प्रहरी स्रोतले जनाए अनुसार अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नं. १० धनचौर घर भई बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने अन्दाजी ४५ वर्षका सोनु भट्टराई र उनका ६ वर्षका छोरा निशान भट्टराई उक्त दुर्घटनामा ज्यान गएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जांदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउंदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि पर्न जाँदा उक्त मोटरसाइकलमा सवार बाबु छोराको ज्यान गएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
यस्तै उब्त दुर्घटनामा १५ वर्षका आयुष आचार्य र लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षका अमृत सुनारी मगर घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले बताए ।