टिभिएसको नयाँ शो रुम स्याङ्जाको वद्खोलामा सञ्चालनमा

३१ श्रावण २०७९, मंगलवार १४:३६

स्याङ्जाको वद्खोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम नेपालमा टिभिएस टू ह्वीलरको वितरक जगदम्बा मोटर्सले सञ्चालनमा ल्याएको छ ।

बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको नयाँ शोरुमको उद्घाटनमा बोल्दै बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो । उक्त क्रममा स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीव बहादुर बस्नेत, रवीन्द्र खनाल, सशस्त्र प्रहरी नायव उपरीक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा नम्बर ३ र ४ का वडा अध्यक्ष लगायतको अपस्थिति रहेको थियो ।

ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।