मालारानी गाँउपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न

३० बैशाख २०७९, शुक्रबार १८:५४

अर्घाखाँचीकाे मालारानी गाँउपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

मालारानीका ६ वडामा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको हो ।

मालारानीका ३ वटा बुथ मध्ये ‘क’  मा ६ सय ४, `ख´ मा ५ सय ८७   र `ग´ मा ५ सय ७० गरि जम्मा १ हजार ७ सय ६१ मत पत्र खसेको  छ ।

गठबन्धन आबद्ध दल नेकपा माओवादी केन्द्र तर्फबाट वडा अध्यक्षमा उदय बहादुर पुन र नेकपा एमालेबाट वडा अध्यक्षमा नारायण प्रसाद अर्याल  उठेका थिए ।