२०७९, ७ जेष्ठ शनिबार

स्थानिय निर्बाचन र दलहरूको कचकच

     विचार लेखक : त्रिलोचन खनाल

सुदुर पुर्ब देखि सुदुर पश्चिम लेक देखि बेंसी गाँउ देखि शहर चुनाबी दौडको तरङ्गमा यति बेला नेपाली राजनितीको मियो घुमेको छ। राजनितिका जोधाह अभिनेता पनि उनै छन्, जो नेपाली राजनितीको परिक्षणम प्राय असफल प्रमाणित भएका छन। यिनीहरू लाई खासै समाजको परिवर्तन राष्ट्रको बिकास र जनताको उन्नति प्रगतिमा वास्ता छैन केबल यिनीहरूको चिन्तन दुई कुरामा मात्र छ। पहिलो सेतो कालो जे गरेर भए पनि सस्थागत रुपमा पार्टीलाई बचाउने दोस्रो सत्तामा पुगेर आफ्नो आय जिबन शैलीको बिकास गर्ने नेपाली राजनितीको परिदृश्यमा नित्य देखिएको एक कु संस्कार हो। पछिल्लो समयको केहि परिदृश्यले नेता तिनीहरुका कार्यकर्ताले सत्ताको लागि कसरी आफ्नै पार्टीको सिद्दान्त मुल्य मान्यता संस्कार अनुशासनको तिलान्जली दिन्छन्, भन्ने कुरा नेपाली राजनितीमा कुनै नौलो कुरा भएन। जहाँ केहि गर्न सकिन्न त्यो राजनितिमा गर्न सकिन्छ भन्ने नेताहरुको बोली बचन र कर्म मा जसरी प्रत्येक दिन देखिन्छ त्यसबाट एक खराब प्रणाली, असिष्ट र शिद्दान्त बिहिन राजनितीको नयाँ अध्यायको नयाँ सुरुवात भएको छ। यो नेपाली राजनितीमा अहिले भएका पिढीको र आउने पिढीको भविष्य माथिको निरम्म प्राहार हो। यसबाट राजनिती सत्तामा केन्द्ति रहने छ सिद्दान्तमा होइन। यस्तो परिस्थितिको सिर्जना भएको खण्डमा राजनीति जुन ब्याक्तिले साम, दाम, दण्ड र भेद को कुसल प्रयोग गर्न सक्छ उसैको हातमा हुनेछ। यसबाट राजनिती सिद्दान्त बिहिन हुनेछ। यसबाट राजनितीको बिचलन र बैराग्य आम जनतामा देखिनेछ। परिबार समाज र मुलुक नै एक कठिन परिस्थितिको सामना गर्नु पर्ने स्थिति मा जान सक्छ।

मुलुक भित्रको आन्तरिक द्धन्दका कारण लामो समय सम्म स्थानिय निकाय जनप्रतिनिधि बिहिन हुन पुग्यो। मुख्य जब संविधान सभाको निर्वाचन भयो र मुलुकले संविधान पायो संविधानको स्थानिय स्तरमा यसरी प्रचार गरियो। संविधान बनेपछि सिहदरवार गाउँ गाउँ मा जाने छ। केहि नगरि बसि बसि दुइ छाक नेपाली जनताले निःशुल्क खान पाउने छन्। न गरिब न धनि सबै राम राज्य। लाटा सोझा जनताले त्यस भित्रको कालो सेतो सबैलाई विश्वास गरे परिमाणको चिन्ता गरेनन् यत्र तत्र सबत्र सबै प्रतिफल मात्र देखे। राजनिती दलका नेता कार्यकर्ताले विकास कसरी गर्ने भन्दा पनि के गर्दा जनताले भष्टाचार भएको पत्तो पाउन सक्दैनन त्यस छेत्रमा मात्र बिकासका गतिबिधि सन्चालन गरे। जसबाट प्रत्येक नागरिकको जिबन स्तरमा सुघार आउने अपेक्षा थियो त्यस किसिमको दिर्घकालिन विकासमा जनप्रतिनिधिको आखाँ जान सकेन। देखावटि कामचोर विकास आयोजनामा जनप्रतिनिधिको आखाँ पर्यो। भविष्यमा जे सुकै होस् अहिले देखाउन पर्छ भन्ने मानसिकता जनप्रतिनिधिको रह्यो। चाहे त्यो सडक निमार्ण होस अथवा राहत वितरण कार्य होस हरेक ठाउँमा लाटा सिधा जनताका बिचमा बसेर फोटोग्राफी भन्दा बाहेक केहि पनि भएन। केहि जनता संग प्रत्यक्ष सरोकारका विषयमा पनि काम भए वडा स्तरमा स्वास्थ्य चौकी निमार्ण बाहिर देख्दा भवनको आकार प्रकार भवसागरको बन्यो भित्रको अवस्था बेहाल छ। न बिरामीले आराम गर्ने बेड छन् न दक्ष चिकित्सक छन् न औषधि छ। न अत्यावश्यक उपकरण छन् केबल छ स्वास्थ चौकिको साइन बोड र एक थान ताला चाबी खोल्ने कार्यलय सहयोगी। हाम्रा जनप्रतिनिधिले बनेका संरचना प्रविधि र उपकरणले भरिपुर्ण गराउनुको साटो भवन निमार्णलार्इ प्राथमिकता दिए। घास दाउरा पानी पँधेरो गर्ने स्थानिय निकायका मानिसलाई हालको अवस्थामा आईसियु सेबा भेन्टिलेटरको व्यवस्था स्थानीय सरकारले गर्न नसक्ला तर सामान्य रगत दिशा पिसाब परिक्षण गर्ने ल्याव सेन्टर एक्सरे मेसिन त राख्न सक्ला। किनभने स्थानीय स्तरका मानिस प्रायजसो हात खुट्टा भाचिने ज्वरो रुघाखोकी बाट पिडित छन्।भ्यु टावर जस्ता अनुत्पादक र अनुचित क्षेत्रमा गरिएका लगानि भन्दा गरिब निमुखाको स्वास्थ शिक्षामा गरिएको लगानीले मुलुकको सम्बिद्धि सुनिश्चित हुन् सक्थ्यो।
स्थानिय स्तरमा वितेको ५ वर्षमा जति प्राकितिक दोहन भयो यस भन्दा पहिले कहिले पनि भएको थिएन।यस बाट मुलुकको जैविक विविधतामा ठुलो असर परेको छ। प्राकृतिक रुपमा पनि मुलुकको ठुलो क्षति भएको छ। स्थानीय स्तरमा उत्पादन भन्दा उपलब्ध स्रोत साधनको चरम दुरुपयोग भएको छ। सडकको नाममा ५ सय बर्ष पुराना धार्मिक साँस्कृतिक तथा प्राचिन समयमा स्थापना गरिएका संरचनाको नष्ट भएका छन। चौतारी हरु भत्काईएको छ। पानीका पोखरीहरु पुरिएका छन। यसमा जनप्रतिनिधिको सामान्य चासो र संरक्षणमा ध्यान पुगेको छैन। यसबाट प्राकृतिक रुपमा बासस्थान बनाएका हजारौ हजार जीब जन्तु चराचुरूङ्गीहरुको लोप भएको छ। जसबाट हाम्रो मुलुको जैविक पारिस्थितिक प्रणालीमा ठुलो असर परेको छ। जसको असर सामान्य रुपमा देखिएको छ तर यसले भविष्यमा ठुलो असर पर्ने छ। यसतर्फ सामान्य रुपमा चासो पनि जनप्रतिनिधिको छैन।
अनत्यमा,,,
विश्वका अन्य मुलुकमा भन्दा हाम्रो मुलुकमा जनप्रतिनिधिको चुनाव निकै हल्का रुपमा लिने गरिएको छ। योग्यता क्षमता भन्दा यहाँ जसको प्रभाव र आर्थिक रुपमा सक्षम छन् र चुनावमा पैसाको प्रभाव देखाउन सक्छन् ति मान्छे नै चुनावमा उठ्छन्। मेहनति भिजन भएका मानिस चुनावमा उठ्न मुस्किल छ। जसबाट मुलुकमा सधैं एक अप्ठेरो परिस्थितिमा छ। स्थानिय स्तरमा र केन्द्रको कानुनी समन्वयमा पनि कानुनी व्यवधान सिर्जना भएका छन्। यसबाट स्वच्छ छवि भएका जनप्रतिनिधिले पनि भने अनुसारको काम गर्न सकेका छैनन्। सम्पुर्ण पार्टीहरू आन्तरिक रुपमा समस्याको आन्तरिक द्धन्दमा छन्। कुनै समस्या नभको स्वच्छ पार्टी हाम्रो मुलुकमा छैन्। पार्टीहरु भित्र नै आन्तरिक गुटगत अनेक समस्या छन्। जसबाट यस मुलुक सिद्धान्तको होइन सधष र चलखेलको राजनितीमा लिप्त छ। सुधार गर्नु पर्ने तमाम चिजको केन्दबिन्दु भन्दा राजनिती सत्तामा कसरी पुग्न सकिन्छ भन्ने दाउपेजबाट सुरु भएको छ। यो मुलुक देशबासीहरुको हितमा छैन केहि समयको पर्खाइ पछि नेपाली राजनितीको परिस्थिति जटिल हुनेछ। त्यसैले परिवार समाज राष्ट्र बुझेका जनप्रतिनिधिको सबैले बकालत गर्नु यस मुलुकका नागरिकको कर्त्तव्य हुनेछ


प्रकाशित | २०७८, २९ चैत्र मंगलवार १४:४१

Leave a Reply

Your email address will not be published.