चैते दसैँको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा एक महिलाको मृत्यु

१९ चैत्र २०७८, शनिबार १०:५९

सूदुरपश्चिम प्रदेशका अछाममा घर पोत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मंगलसेन नगरपालिका वडा नं. ७ कि धनसरा जैशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

चैते दसैँको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा माटो खाडलमा पुरिएर उनको ज्यान गएको हो । जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने सो घटनामा घाइते सोही गाँउकी ४ बर्षिया किशोरी चन्द्रा जैशीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ ।