२०७९, ७ जेष्ठ शनिबार

नजान्ने, नबुझ्ने मानिसहरू जे सत्य होइन त्यसलाई सत्य मान्छन्

एक बसाईँ
जहाँ केहि पनि नजान्ने नबुझ्ने मानिसहरू हुन्छन्, त्यस ठाउँमा जे सत्य होइन त्यसलाई पनि मानिसहरू सत्य मान्छन। हाम्रो देशमा भौतिक विकास कम बचनका विकासको सुत्राधार धेरै भए। हामी हाम्रा नागरिक यति सिधा सादा भयौ कि हामीले सबै कुराहरू पत्यायौ लेखाजोखा बिचार बिमर्स चिन्तन खोज कहिले पनि गरेनौ किनभने यि काम सजिलै गर्न सकिदैन। सबै भन्दा सजिलो काम अरुको कुरा सुन्यो रमायो। यहि परिपाटी यहि संस्कार बाट हाम्रो परिवार हाम्रो समाज र हाम्रो राष्ट्रको प्रणाली विकास भयो। हरेक देशका नागरिकको केहि न केहि उत्तरदायित्व हरु जन्म लिएको राष्ट्र प्रति सानो अथवा ठुलो हुन्छ। हामी सबै सधैं आफ्नो उत्तरदायित्वहरू बाट भाग्छौ तर अधिकारको लागि आवाज बुलन्द गर्नु पर्छ भन्ने अराजक बिचार बोकेर हिडछौ। यो बिचार पनि हाम्रो आफ्नो होईन। हाम्रा बिचार हाम्रा कला हाम्रा संस्कृति परम्परा हाम्रा जराहरु हामी आफैले मेट्दैछौ र खोज्दैछौ पहिचान, पहिचान पनि सामान्य होइन पहिचान भित्र देखियोस हाम्रो व्याक्तित्व हाम्रो परिवार हाम्रो समाज हाम्रो राष्ट्र जात धर्म वर्ण लिङ्ग सबै।

बितेको सात दशकको समयमा हामी जति व्यवस्था र अधिकारको लागि नारा जुलुस र शसस्त्र सधस गर्यौ सायद विश्वका अन्य मुलुकमा नारा जुलुस कम भए। हाम्रा व्यवस्था र अधिकारका लागि लड्ने हाम्रा नेता व्यवस्था परिवर्तन गर्न केहि हद सम्म सफल त भए। तर व्यवस्था टिकाउने मलजल गर्ने काममा केहि असफल भए। परिवर्तनको सुरक्षा र सम्वृद्धि टिकाउन निकै गाह्रो छ भन्ने कुरा हाम्रा देशका नेताले बुझे। त्यसको उपज हाम्रो देशले छोटो समयमा धेरै तन्त्रको सामना गर्नु पर्यो। सिमित नेता तिनका वरपर भएका अरौटे भरौटे काजी कायकर्ताले लाभ लिए। एक विडम्बना के रह्यो भने बितेको सात दशक हाम्रा देशका केहि सिमीत नेताहरू वरिपरि हाम्रो देशको राजनिती घुम्यो। जनता यस्तो स्थितिमा रहनु पर्यो उनिहरूको लागि चुनाब गर्नु पर्ने नयाँ नेता नै भएन जनता सधैं हवस र जय नेताको स्थितिमा अन्धभक्त भएर बाच्नुँ पर्ने स्थिति को सिर्जना भयो। किनभने राजनितिमा युवाहरूलाई स्पेस दिने काम गरिएन। राजनीतिमा आम युवा पुस्ताको रुचि न्युन मात्रामा छ किनभने व्यवस्था परिवर्तनले मात्र देशको विकास नहुने रहेछ भन्ने कुरा युवा पिढिले बुझेका छन्। एउटा सत्य यो पनि छ यहाँ भएका जति पनि परिवर्तन छन् । यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सडकको छिमेकी अथवा आकासे छिमेकीको माग सहितको ठुलो हात छ। यो कुरा आम जनतामा घाम जतिकै छर्लङ्ग छ।
हामीमा बिचार गर्ने चिन्तन गर्ने परिपाटी को विकास हुन पाएन किनभने हामीअल्पविकसित र गरिब नै रह्यो। गरिब मानसिकताले देशको विकास कसरी सोच्न सक्छ। हामी सबै भात भान्साको लुरे धन्दामा लाग्यौ यो बाहेक हाम्रो राजनिती नै भएन। समय फेरियो हामी विश्व राजनिती संग परिचित भयौ उनीहरुले गरेका प्रयासबाट हामिले राम्रा कुराहरू सिके मात्र पनि हामीले धेरै उपलब्धि हासिल गर्न सक्छौ। एक पिढीले राष्ट्र प्रति पूर्णरुपले त्याग नगरे सम्म कुनै पनि मुलुक बन्दैन। राजनैतिक मुद्दा राजनिती दलका आफ्ना आफ्ना तन्त्र विशेष होलान तर सबै राजनितीक दलको मन्त्र देशको विकास सुरक्षा र राष्ट्रको हितमा हुनैपर्छ। आबेस उत्तेजना र अतिरन्जित क्रियाकलाप गरेर जनतालाई दिग्भ्रमित पार्ने कार्य नेपाली राजनितीमा जुन चलेको थियो । अब यसको पनि बिस्तारै अवतरण हुनेछ। किनभने नेपाली जनताले कुरा बुझ्न थालिसके। सत्ता प्राप्ति को खेलमा काला सेता जति पनि धन्दा देश भित्र अथवा बाहिर चले त्यसको जानकारी नेपाली जनताले पाएका छन्। अब सचेत जनतासंग सचेत किसिमको राजनिती रााजनैतिक दलका नेताहरूले गनुपर्ने दिन आएको छ।

सबैलाई सबै भन्दा सजिलो काम के हुन्छ भने अरुको नक्कल गर्न किनभनें यसमा बुद्धि दिमाग लगाउन पर्दैन।बुद्धि दिमाग नलगाइ गरेको कामले सधैं दुख पाइन्छ। यो हामीकहाँ भएका बिभिन्न बादहरु आयातित समुद्र पारिका बादहरु भए हामिले तिनै बादको नकक्ल गर्यौ अनि दुख पायौ। आज बुझियो यि बाद हाम्रो माटो हाम्रो देश हाम्रा जनताको लागि पूर्णरुपमा सुहाउँदो थिएन हामी यसैको पछाडी लाग्यौ यो नै हाम्रो राष्ट्र र जनताका लागि अभिषाप भयो। जनतालाई जुन बादको पूर्णरुपमा बुझाउन सक्ने सिप नभएको मानिस त्यस बादको गुरु बन्यो त्यहि बादको पछि लागेर आम जनता अन्ध भक्त चेला कार्यकर्ता बने। जसले फाइदा के हो , बेफाइदा के हो साच्चै यो के हो भनेर कहिले पनि बुझ्ने मौका नै पाएन जब अलि अलि बुझ्न थाल्यो समय गयो। बिद्रोह क्रान्तिका नाममा जति मानिस नेपालको छोटो राजनैतिक परिद्रियमा देखा परे सायद अन्य मुलुकमा यस्तो अवस्था रहेन। हामीकहाँ यस्तो सस्कार को बिकास भयो स्वतन्त्र नागरिक भेटन गाह्रो छ, किनकि हरेक नागरिक कुनै न कुनै बादको पछाडी छ। जनता कम नेता कार्यकर्ता धेरै छन।
अस्थिर राजनिती भएको राष्ट्रमा राज्यले दिने सेबा सुरक्षा न्युन हुन्छ।विकास ,शिक्षा, स्वास्थ्य, रोजगार पनि न्युन हुन्छ। मानिसहरू आशामा बाचेका हुन्छन आशा विना मानिस बाच्न गाह्रो हुन्छ। त्यसैले आशाको खेति गर्न नेपालका नेतालाई निकै सजिलो भयो। राजनिती संस्कार सम्वृद्धि र शिक्षित मुलुकमा गर्न कठिन हुन्छ किनभने शिक्षित वर्गले प्रश्न सोध्न सक्ने तागत राख्छ। अशिछित वर्गले प्रश्न सोध्न सक्ने तागत राख्दैन। प्रश्न सोध्न नसक्ने राष्ट्रमा राजनिती गर्न पाउनु नेपालीराजनितिज्ञको भाग्योदय हो।

सामन्तवाद पुजिपति दलाल जातियता भन्दा पर पुगेर राजनिती गर्ने आट अथबा साहस कसैले पनि गरेनन् । किनभने नेपाली समाजमा यि मुद्धा नगदमा बिक्री गर्न सजिलो थियो। यि मुद्दा बिक्री गर्ने राजनितीक दलका नेता कस्ता थिए त तिनीहरु नै सामन्तबादी पुजिपति दलाल र जातियतामा उच्च जातिका छोरा नाति थिए। न उनिहरूलाई गासको अभाव थियो न त थियो बासको अभाव, उनीहरुलाई चाहिएको थियो । सुबिधा त्यो पनि विना कर्मको त्यो कहाँ बाट पाइन्छ राजनिती बाट के गर्ने राजनिती ,यो लोभि पापी समाजमा कसैले आफ्नो जिवनको आहुति कसैको उन्नतिको लागि किन गर्ने। मोजमज्जा मस्तिको यो दुनियामा किन पसिना बगाउने।
यो बैश्य युग हो। बिग्यान प्रबिधिको युग हो। सन्चारको युग हो। अब आम नागरिक जनता नेता कसैले पनि ढाँट छल बाट आफ्ना कामहरू गर्छु भन्ने सपना नदेखे हुन्छ। जनता सचेत भएका छन यहाँ युवा शक्ति पूर्ण होसमा छन्। चर्का नारा कहिले पनि पुरा गर्न नसक्ने आशाको खेती गर्ने काम बन्द गर्नु पर्छ। नेपालको सम्वृद्धि शिक्षा र स्वस्थ चेतना बाट हुन्छ। अबको लगानी शिक्षा र स्वास्थ्यमा गरेको खण्डमा देशको विकासले आफैं गति लिन्छ। शिक्षित र स्वस्थ जनताबाट देशको विकास सम्भब छ।

लेखक :  सत्यलोचन खनाल


प्रकाशित | २०७८, १३ चैत्र आईतवार १६:३२

Leave a Reply

Your email address will not be published.