हङकङले कोरोना खोप अभियानमा कोशेढुङ्गा पार

८ मंसिर २०७८, बुधबार ११:२५

 

काठमाण्डौं । हङकङमा ७० प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको पहिलो डोज खोप लगाएका छन्। हङकङले कोरोना खोप अभियानमा महत्वपूर्ण कोशेढुङ्गा पार गरेको छ।

कोरोना खोप अभियान सुरु गरेको ९ महिनामै हङकङले आफ्ना ७० प्रतिशत जनसंख्यालाई कोरोना खोप लगाएको हो। यसअघि हङकङले ७० प्रतिशतलाई कोरोना खोप दिने लक्ष्य राख्दै आएको थियो।

यद्यपि विशेषज्ञहरुले भने हङकङले कम्तीमा पनि ९० प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य राख्नुपर्ने बताएका थिए ।

हङकङमा संक्रमण फैलिने जोखिम नियन्त्रण गर्नको लागि बुस्टर डोज पनि दिनथालिएको छ। विशेषज्ञहरुले कोरोना संक्रमणको जोखिम अझै पनि कायमै रहेकाले सार्वजनिक स्थलमा माक्सको प्र्र्र्र्रयोग गर्ने साथै कोरोना खोप लगाएको प्रमाण पेश गर्नुपर्ने नियम रहेको बताएका छन्।

हङकङ प्रमुख क्यारी लामले जति छिटो धेरै मानिसले कोरोना खोप लगाए, त्यति नै छिटो पूर्णरुपमा कोरोनाको रोकथाम गर्न सकिने र सीमा खुला गरिने बताइकी छिन्।

विशेषज्ञहरुले खोप अभियान जति धेरै सफल पार्न सक्छन् , ठूलो मात्रामा संक्रमण फैलिने दर पनि उतिकै कम हुने बताएका छन्। उनीहरुले शत प्रतिशतलाई कोरोना खोप लगाए पनि संक्रमणको जोखिम कायमै भए पनि यसले अस्पतालमाथिको दबाब कम गर्न सकिने बताएका छन्।