टिकटकको कारण भाइरल सडक

६ मंसिर २०७८, सोमबार ०८:५९

 

कामाण्डौं । हिमश्रृंखलाको अघिल्तिर ६ लेनको सडकको तस्वीर सामाजिक सञ्जाल टिकटकमा केही समयदेखि भाइरल भइरहेको छ । रंगरोगन गर्न बाँकी रहेको भएपनि सुन्दर देखिने पोखराको हेम्जामा रहेको यो सडक पनि टिकटककै कारण भाइरल भयो र त्यहाँ आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ले गर्दछ ।

मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको सडक भाइरल भएको हो । यो १२ किलोमिटर बाटो अहिले भाइरल भएपछि कसको पालामा बनेको भनेर पनि बहस समेत चल्न थालेको छ । कसैले यो केपी शर्मा ओलीको पालामा बनेको भनेर दाबी गर्छन् भने कसैले डा। बाबुराम भट्टराईको पालामा नै यसको डिजाइन र बजेट तय भइसकेको दाबी गर्ने गरेका छन् ।