कारागारमा कैदी बन्दीबीच झडप

२३ कार्तिक २०७८, मंगलवार १३:२३

काठमाडौं । जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच झडप भएको छ ।

खानाको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा करिव आधा दर्जन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरे ।