२०७८, ४ माघ मंगलवार

प्रदेश नं १ को नाम चाँडै टुङ्गो लगाउने

काठमाडौंमा । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका छन् ।

सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग आज सङ्क्षित कुरा गर्दै मुख्यमन्त्री राईले    प्रदेश नं १ को नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुङ्गो लगाउने बताए ।

नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताए । प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरिने उनको भनाइ थियो ।

विगतको सरकारले संसद्मा छलफल तथा प्रयास नगरेका कारण प्रदेशको नामकरण अहिलेसम्म हुन नसकेको उनले बताए । नामकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल थाल्ने मुख्यमन्त्री राईले बताए ।


प्रकाशित | २०७८, २२ कार्तिक सोमबार ०९:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *