फेसबुकले ‘फेसियल रिकोग्नेसन सफ्टवेयर’ प्रयोग नगर्ने घोषणा

२२ कार्तिक २०७८, सोमबार ०८:३३


काठमाडौं । सामाजिक सञ्जाल तस्वीर र भिडियोमार्फत व्यक्तिको अनुहारको पहिचान गर्ने ‘फेसियल रिकोग्नेसन सफ्टवेयर’लाई अनुचित भन्दै प्रयोग नगर्ने घोषणा गरेको छ ।

यो एप्सको सहयोगमा प्रयोगकर्ताहरुले आफ्नो अनुहारको पहिचान गर्न सक्थे । साथै अरु कसैले फेसबुकमा फोटो पोस्ट गरेको खण्डमा त्यसको जानकारी फोटो भएका व्यक्तिसम्म पुग्दथ्यो ।

तर यो प्रविधिका कारण प्रयोगकर्तामा पर्ने असरलाई लिएर फेसबुकको चर्को आलोचना भइरहेको थियो ।

तर यो प्रविधि सही वा गलत भन्ने प्रश्न उठ्दै आएको थियो । साथै व्यक्तिको निजीपन, जातिय विभेद तथा यसको विश्वसनीयताबारे पनि प्रश्न उठेको थियो ।

कम्पनीका अनुसार यस प्रविधिको अनुगमन गर्ने नियामकहरुले अहिलेसम्म यसको प्रयोगबारे स्पष्ट नियम बनाएका छैनन् ।