देउखुरीमा आगलागी हुँदा ६ घर जलेर नष्ट

२ चैत्र २०७७, सोमबार १३:५२


 

देउखुरी आगलागी हुँदा देउखुरीमा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका वडा नम्बर ६ को ढिकपुरमा सोमबार विहान १० बजेतिर विद्युतको तार सट भइ ६ वटा फुसको छाना भएको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामाग्री, भकारीमा रहेको अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको छ ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकोे थियो ।आगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आगलागीबाट के कती क्षती भएको भन्ने अहिले सम्म खुल्न सकेको छैन ।