बारामा ग्रामिण भेगका केही सामुदायीक विद्यालयहरु शिक्षा कार्यालय बाराको लापरवाहीका कारणले गर्दा लथालिंग र वेथिति अवस्थामा छन् ।
प्रध्यानाध्यापकमा रहेका प्रार्थमिक तहका स्थाई शिक्षक राम प्रसाद चौधरी व्यवस्थापन समितीलाई समेत जानकारी नंै नदिई शिक्षा कार्यालयको मिलोमतोको सिफारिसमा घर पाएक स्कुलमा काज सरुवामा गएका छन् । काजमा गएका प्रअ कै सिफरिसमा सोही विद्यालयकी प्रार्थमिक तहकी राहत शिक्षिका सन्ध्या राय चौधरीलाई आँफैले निमित्त प्रअका लागी जिम्मेवारी सुम्पेर छाडे पछि विद्यालयमा व्यवस्थापन पक्ष रुष्ट बनेको छ ।प्रअ रामप्रसाद चौधरीले विद्यालयका विभिन्न शिर्षकका लाखौं रकम हिनामिना गरेर काजमा गएको स्थानियको आरोप छ । उनी माथी अघिल्लो आर्थिक वर्षमा सौचालय निर्माणमा आएको बजेट हिनामिना गरेको आरोपमा अख्तियारमा मुद्दा चलिरहेको समेत तत्कालिन स्कुल व्यवस्थापन अध्यक्ष बिनोद चौधरीले बताए । व्यवस्थापन समिती र अन्य कुँनै कारण वस् प्रअसँग कुरा नमिले शिक्षा कार्यालय कै अनुमति लिएर प्रअहरु घर बसेर तलब सुबिधा लिने वा काज सरुवा लिने परिपाटी नैं बसेको छ ।
यसै सन्दर्भमा हामी बाराका शिक्षा अधिकारी लालबाबु साहलाई शिक्षा कार्यालयमा प्रतिक्रिया लिन जाँदा उनी काम विशेषले बाहिर गएका थिए । मोवाईलमा मार्फत प्रतिक्रिया लिदा उनले यस्ता बेथितिका दर्जनौं विद्यालयहरु रहेको स्वीकार्दै जिल्लाको शैक्षिक बेथितिलाई सुधार गर्न आँफु लागी परेको भन्दै राजनैतिक आडमा शक्ति देखाउँने शिक्षकको दबाबले काम गर्न असजिलो भएको स्विकार गरेका छन् ।उनले शिक्षक नैं नभएका विद्यालयमा तुरुन्त शिक्षक व्यवस्थापन गर्न समेत आँफु लागी परेको बताउँदै शिक्षाको संरचना नैं स्थानिय तहमा गईसकेको कारण जनप्रतिनिधिले नैं अब शिक्षा क्षेत्रको सुधार गर्नु पर्ने भन्दै आँफु पन्छिन खोजेका छन् ।