नोवेल कोरोना भाइरस अर्थात (कोभिड-१९ ) संगै नेपालका अबसर र चुनौती हरु

केशब खनाल

चिनको हुवइ प्रांतको औधिगिक शहर  वुहानबाट बिश्वब्यापि रुपमा फैलिएको कोभिड – १९   को संक्रमण संगै अहिले मानब जातिको अस्तित्व नै संकटमा पर्ने होकि भनेर बिश्लेशण गर्न थालिएको छ । ३१  डीशेम्बेर २०१९  (३  पौस २०७६)मा चिनको वुहान शहरमा अवस्थित मासु बजार रहेको आसपास को क्षत्रमा एक किसिमको नया रोग पत्ता लाग्यो । सामान्य खालको रुघाखोकि जस्तो भएर पनि निमोनिया को लक्षण देखाउने उक्त रोग अहिलेसम्म देखिएका भाइरल भन्दा अलि फरक भयाभह थियो ।

अंग्रेजि नया सालको पुर्ब सन्ध्यामा आएको उक्त खबर लाइ कसैलेपनि गम्भिर रुपमा नलिदा अहिलेको अवस्था आएको हो भन्न सकिन्छ ।आजको दिनमा आइपुग्दा नोबेल कोरोना भाइरस ले बिश्वका पुरै देशको भर्मण गरिसकेको छ .संसारभरिका ५५  लाख भन्दा धेरै मानिस संक्रमित हुन पुगेका छ्न यो क्रम अझै तिब्र गतिमा उकालो लाग्ने देखिन्छ । त्यसैगरि बिश्वभरि ज्यान गुमाउनेको संख्या ३  लाख ४६ हजार भन्दा माथि पुगिसकेको अवस्था छ .संसारभरि फैलिएको यस महामारिले कसैलाइपनि छोडेको छैन । चाहे ठुलो होस या सानो ,धनी होस या गरिब ,शक्तिसालि होस या कमजोर ,राजादेखि प्रजा सम्म र बिश्व सुपर पावर भन्ने हरु देखि कमजोरमुलुक सम्मलाइ ,बेलायतका प्रधानमन्त्रि देखि राजकुमार सम्म संक्रमित हुन पुगेका छ्न । संसारको आधा भन्दा धेरै जनसंख्या आ-आफ्नो घर भित्र बन्दिहुनु पर्ने अवस्था आएको छ  ।

कोरोना महामरिले धेरै कुराको फेरबदल ल्याउने आंकलन गर्न सकिन्छ

यस्ता खालका महामरी  पहिले पनि आएका थिए ब्ल्याक डेथ’ भनेर चिनिने प्लेगले गरेको नरसंहार इतिहासमा सबभन्दा ठूलो महामारी थियो। जुन चौधौं शताब्दीमा फैलिएको थियो। उक्त महामारी पनि  चीनबाट सन् १३३६ मा युरोप भित्रिएको थियो उक्तम हमारीले  तीन वर्ष अवधिमा युरोपका आधा मान्छेलाई मृत्युको मुखमा धकेलेको थियो भन्ने  अनुमान छ। उक्त महामारीले  तत्कालीन आर्थिक-सामाजिक रुपमा पारेको प्रभाव पनि अभूतपूर्व मानिन्छ।

हाम्रो देश नेपाल जस्ता विकासोन्मुख मुलुकको महामारीपछिको आर्थिक व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण रहनेछ। हाम्रो रेमिट्यान्स परिपोषित उपभोग, आयात, राजस्व र पुन: उपभोगमूखी सरकारी खर्चको चक्र रेमिट्यान्सको कमीले खलबलिनेछ। विश्वव्यापी रूपमा क्रयशक्ति घट्दा समग्र पर्यटन आय घट्नेछ। आफ्नै देशको आर्थिक व्यवस्थापन गर्न कठीन हुँदा द्विपक्षीय वैदेशिक सहायता शून्यको नजिक पुग्नेछ। बहुपक्षीय संस्थामा दाताले गर्ने योगदान घटाउँदा बहुपक्षीय सहायतामा पनि ठूलो कमी आउनेछ। नेपालको शोधानान्तर घाटा बढ्नेछ। विदेशी मुद्रा सञ्चिति घट्नेछ।

यसले नेपाली रूपैयाँ अवमूल्यन गर्नुपर्ने अवस्था आउन सक्छ। विश्वव्यापी समस्याले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहायता क्षमता निरीह सावित हुनेछ।

महामारीकै कारण हाम्रा विकास आयोजना ढिला सकिनेछन्। बजेट प्रोत्साहन कार्यक्रममा लगाउँदा आयोजनाको समय र लागत अझै बढ्नेछ। सम्झौताको विशेष परिस्थितिको प्रावधान आकर्षित हुँदा निर्माण व्यवसायीलाई दिइने क्षतिपूर्तिले आयोजना लागत थप बढ्नेछ। वैदेशिक सहायतामा कमी आउँदा आयोजना कार्यान्वयन प्रभावित हुनेछ। एमसिसी सहायताको विधायिकी प्रकृया नटुंगिएकाले उक्त सहायता आउने छैन।

वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा रोजगारी अवसर व्यापक कम हुनेछ। नेपालीहरू ठूलै संख्यामा स्वदेश फर्किने छन्। यसले नेपालमा बढ्ने बेरोजगारीको सामाजिक र राजनीतिक आयाम चुनौतीपूर्ण हुनसक्छ।

महामारीले विश्वव्यापी विद्यमान मूल्य श्रृंखला ध्वस्त गर्नेछ। यस्तो श्रृंखला पुनर्स्थापित गर्न महामारीपछि पनि खुला र उदार व्यापार नीतिकै निरन्तरता जरूरी हुन्छ। मुलुकका व्यापार नीति संरक्षणवादी धारमा गए भने विद्यमान मूल्य श्रृंखला पुनर्स्थापित हुन सम्भव हुने छैन। यसले विश्वको समग्र उत्पादकत्व, आर्थिक वृद्धि, आय, रोजगारी र जीवनस्तरमा नकारात्मक प्रभाव पर्नेछ। यसबाट विकासोन्मुख मुलुक तत्काल समस्यामा पर्नेछन्।

कोरोना महामारीको परिप्रक्ष्यलाई हेर्दा अहिलेको बिश्व बजारको अर्थ ब्यब्स्थानै धरासयी हुनेछ नेपालजस्ता मुलुकका लागि अबसर र चुनौत्ती दुबै छन भन्ने नै मान्नु पर्छ किनकि अब नेपाल बैदेशिक रेमिट्यान्समा आधारित अर्थतंत्र लाई स्वदेशमै उत्पादनमुलक , बैज्ञानिक ब्यबसाहिक खेति प्रणालीको  लागि लगानि गरिदियो भने नेपालमा उत्पादित कृषिजन्य उत्पादन नेपालकै बजार खपत गर्न सकिन्छ । भारत बाट आयत हुने तरकारि ,फलफुल ,लगायतका आयतीत बस्तु रोक्न सक्यो भनेपनि  नेपालको युवाहरु जो बैदेशिक रोजगारिमा छन उनिहरु अहिले को माहमारिले गर्दा जस्तो जे भएपनि अब नेपालमै केहि गर्नुपर्छ भन्ने सोचमा भएको पाइन्छ ती फर्किने युवा शक्तिलाइ उनिहरुले बिदेशमा सिकेको शिप र ज्ञानको आधारमा नेपालमै रोजगारी को ब्यब्स्था गर्न सक्यो भने पनि नेपालको बिकाशमा केहि टेवा पुग्न सक्छ । अझ रोजगारि चाहनेको लागि रोजगारि र ब्यब्साय गर्न चाहाने को लागि उनिहरुलेबिदेशमा गरेको काम र सिपको आधारमा काम गर्ने बातबरण मात्रै हुनुपर्छ  नेपालमै लगानि गर्न चाहने NRN (गैर आवासिय नेपाली) का लागी पनि सरकारले सहजीकरण गरिदिनु पर्छ र अब बिश्वभरि रहेका नेपाली आफ्नै मुलुक बनाउन तिर लाग्नु पर्छ नेपालमै रोजगारिको अवसर बनाइ नेपाल लाई  चाहिने बस्तुहरु नेपालमै उत्पादन गरि नेपाल लाइ पुगेपछि अ‍न्य मुलुकमा गर्ने गरि अब बिश्वभरि रहेका नेपालीहरु नेपाल फर्किनु पर्छ । कामना गरौं, कोरोनाको त्रासबाट नेपाल संगै पुरा विश्व जगत्ले छिट्टै उन्मुक्ति पाओस्। अनुशासनमा बसौं, सतर्क रहौं ।

                                 मानब जातीको कल्याण होस ।


प्रकाशित | २०७७ जेष्ठ १२ प्रकाशित १०:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *