भ्रष्टाचार नेपालको ठूलो समस्या हो

११ फाल्गुन २०७६, आईतवार २०:३१
 

केशव खनाल
      बुटवल

तत्कालिन  संचार मन्त्री गोकुल प्रसाद बास्कोटा र स्विस कम्पनिका नेपाली एजेन्ट विजय प्रकाश मिश्र संगको  अडियो टेप सार्बजनिक भएपछि   नेपालमा भ्रष्टाचार प्रक्रिया कसरि अघि बढ्छ भन्ने छर्लंग भएको छ , र तिनीहरूले मन्त्रि स्तर देखि  भ्रष्टाचारको प्रजनन र चल्ने प्रणालीलाई कसरि प्रक्रिया मिलाएर अघि बढाउने रछ्न भन्ने  कुराको सानो उदाहरण मात्रै हो  ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै प्रकाशित  गरेको २०१९  भ्रष्टाचार सूचकांकका अनुसार १८०  देशहरूमध्ये नेपाल ११३ भ्रष्ट देशमा दाखिल भएको हो।

नेपाल भ्रष्टाचार रयांक – डेटा, ऐतिहासिक चार्ट, र रिलिजहरूको पात्रो – अन्तिम आधिकारिक स्रोतबाट २०२० फेब्रुअरीमा अपडेट गरिएको थियो।

प्रधानमन्त्रि ओलीबाट प्रशंसित तत्कालिन मन्त्रि गोकुल बास्कोटाको कमिशनको अडियो प्रकरण आएपछि सरकारको उदेश्य के हो भन्ने शंका गर्ने स्पेश प्राप्त भएको छ २ तिहाइको समर्थन पाएको सरकारका संचारमन्त्रीबाट जुन किसिमले नेपाली जनताको स्रोत र साधनमाथि खुलेआम लुट गर्ने प्रयास बाहिर आयो यसले गर्दा यो सरकारबाट नेपालि जनताले के आशा गर्न सकिन्छ ? भन्ने प्रश्न नेपाली जनतामाझ चोटिलो रुपमा उठेको छ ।

कमिशनको यो अडियो बाहिर आउनुभन्दा अघि पनि एनसेल काण्ड ,एती काण्ड ,सुन काण्ड ,वाइड बडी काण्ड , ललिता निवास काण्ड सबै काण्ड भए ति सबै काण्ड नेपाली मिडियाले बाहिर निकालेको छ, तर यसलाई लजिकल निस्कर्षमा लैजाने कुरामा किन सरकार तयार देखिदैन । संसद को प्रतिपक्ष  आवाज उठाउने साहस गर्न सक्दैन उनीहरु पनि  जे आए पनि जो जौ  गर्ने स्थिति मा पुगेका छन् ।

कमिशनको टेप प्रकरणमा अझै १ अर्ब पनि बढाउनु पर्यो भन्ने सुनिन्छ । के १ अर्ब भनेको केहिपनि हैन नेपालीहरुको आर्थिक अवस्था कस्तो छ ? त्यसको कुनै लेखाजोखा छैन । १ अर्ब बढाइदेउ अहिले हेर्दाखेरि २७ ,२८ अर्बको पनि कुरा सुनिएको छ । हिजोको सामन्ती व्यवस्था जसरि शोषण गरिएको थियो र अहिले को गणतान्त्रिक व्यवस्थामा पनि त्यहि किसीमको परिपाटी देखिदा जनताहरु निराश हुदै गएको अवस्था छ।

अहिले को कमिशन टेप प्रकरणले बास्कोटामात्रै हो कि त्यो भन्दा माथि पनि अरु कोहि छ भन्ने ठाउँ दिएको छ । किनभने जुन स्विस कम्पनिका नेपाली एजेन्ट थिए उनीले त्यो टेप प्रधानमन्त्रीलाइ २ महिना अघिनै बुजाइसकेको भन्ने मिडियाबाजी गर्दै हिडेको अवस्था छ ।

यति हुदा हुदै पनि प्रधानमन्त्रिले गोकुल बास्कोटालाई सशक्त राजनीतिज्ञ भनेर प्रसंशा गर्नु र अहिले यो भ्रस्टचारको कुरा बाहिर आउनुबाट यस मा प्रधानमन्त्रीलाइ कति कुरा थाहा थियो थिएन ? भन्ने कुरा अब जनताले बुझ्न चाहेका छन ।यो प्रकरणको निश्पक्ष छानबिन हुनु पर्छ पहिले २०४९–५० सालमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो बेलामा हवाईजहाजसम्बन्धी धमिजा काण्ड आएको थियोयस्ता छानबिन पहिले भएका पनि छन् त्यसमा कानूनविपरित एक जना मान्छेलाई एजेन्सी दिईयो भनेर संसदले छानबिन गरेको थियो ।

यो दुई वर्षमा हरेक पटक संसदमा बजेट पेश हुन्छ । त्यसको ६ महिनामा फेरि हामीले काम गर्न सकेनौं भनेर संशोधन हुन्छ । यसको विशेषता भनेको संसदमा ठूला ठूला कुरा गर्ने, बजेटका ठूला ठूला आकार राख्ने, अनि ६ महिनामा गएर हामीले त गर्न सकेनौं भन्ने अनि संशोधन गर्ने । बास्तवमा यो दुई वर्षमा बजेट फेल भएको छ ।’

मुलुकमा रोजगारी र उत्पादकत्व बढेको छैन । ‘खर्च गर्ने क्षमता पनि बढेको छैन् । पहिलेको सरकारजस्तो यो सरकारमा त्यो रोग देखियो । स्थायी सरकार आएपछि एक दिनमा २७ अर्ब खर्च भएको देखियो । योजना कार्यान्वयन गर्ने क्षमतामा केही अभिवृद्धि भएको छैन् । वैदेशिक रोजगारीमा जानेलाई रोक्ने केही कार्यक्रम गर्न गरेको छैन्  । हरेक तहमा अहिले भ्रष्टाचारको विकेन्द्रीकरण भएको छ  ।  ‘कसैलाई पनि नियम, कानूनको मतलव छैन् । यो नेपालको गणतन्त्रको  लागि घातक छ । यो कुरा नेपाली जनताले सहँदैनन् ।