काठमाडौँका ६ स्थानमा भूकम्प मापन केन्द्र

२१ कार्तिक २०७४, मंगलवार ०१:५५

कात्तिक २१, काठमाडौँ । काठमाडौँ उपत्यकाका ६ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र राखिने भएको छ । सो केन्द्र जापान सरकारको सहयोगमा राख्न लागिएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

जापान सरकारले यसअघि बैशाख १२ को भूकम्प पश्चात् नेपाललाई काठमडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र बाहिर १० वटा जीपीएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो ।

सोही अनुसार साँगा, कपन, लुभु, सिनामंगल, थानकोट र खरिपाटीमा एक्सेलोमिटर केन्द्र निर्माण गर्न लागिएको हो ।