जया मल्टिपल क्यामपसको १४ औं वार्षिक उत्सव मनाईदै

१७ कार्तिक २०७४, शुक्रबार १३:११

मन्जिल कन्दङ्वा
(काठमाडौँ –कार्तिक १७ शुक्रबार)
गोकर्णेश्वर नगरपालिकास्थित जया मल्टिपल क्याम्पसको १४औँ वार्षिक उत्सव भालि शनिबार एक कार्यक्रमका साथ संस्थापक जगन्नाथ देवकोटाको सभापतित्वमा क्याम्पसकै प्राङ्गनमा मनाईदैछ ।

प्रमुख अतिथिका रुपमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष्य तथा पूर्व गभर्नर डा युवराज खतिवडा उपस्थित हुनेछन् । यसैगरी विशेष अतिथिका रुपमा त्रिभुवन विश्वविध्यालयका रेक्टर प्रा डा. सुधा त्रिपाठी, डा. चिन्तामणी योगी र ८० घण्टासम्म लगातार भाषण गरेर विश्वकै सबैभन्दा लामो भाषण गरी किर्तिमान बनाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराइसक्नु भएको प्रसिद्ध व्यक्ति अन्नत राम केसी उपस्थित हुने, कार्यक्रम संयोजक देवीप्रसाद घिमिरेले जानकारी दिए ।