शाहवंशीय राजाको धर्म

१ असार २०७६, आईतवार १२:१७


बिष्णु प्रसाद शर्मा

नेपालको इतिहासमा सुनौला अक्षरले लेखिन पर्ने शाहवंशीय राजाको आज अपमान भइराखेको छ । बैरी फिरंगीहरुको लहड र लगानीमा नेपाली साँइदुवाको हत्तारिलो निर्णयको निशाना बनेको वैदिक सनातन धर्म , ओमकार परिवारलाई सिध्याउन सहयोगी भूमिकाको जटिल उदाहरण बनेका दलीय शक्तिले धर्म र राजसंस्था मास्ने काम गरेका छन ।

श्री ५ महेन्द्रले देशका बिभिन्न मठमन्दिरको जिर्णोउध्दार गराई गुठीको संरक्षण गराई बक्सेको थियो । गुठी ऐन २०३३ लागु भए पछि गुठीसंस्थानबाट सवै काम भए पनि परापुर्वकालमा पनि धर्म बचाउने हेतुले मठमन्दिरका नाममा गुठीजग्गाहरु जनताबाट राख्न लगाई सो को आयस्थाले गुठीयारहरुद्दवरा आ आफना चलन अनुसारको भोग गर्ने मन्दिरहरुमा पूँजा चलाउने काम भएको थियो ।

शाहवंशीय राजाका पनि दक्षिणकाली कुलदेवता हुन र कालिको मन्दिरमा बलि सहित पूँजागर्ने , गरिदै आएको छ । आफनो परम्परा र दैविक शक्तिको उपशना गर्ने शाहवंशीय राजाहरुको परम्परा नै हो र श्री ५ ज्ञानेन्द्र शाहले मठमन्दिरमा पुगेर स्वधर्म बचाउने प्रयास गरिवक्सेको छ , यो राजधर्म हो ।

राजधर्मलाई शिरोधार्य गर्ने जनताको मनोभाव बुझने शाहवंशीय राजाहरु कसरी गलत हुन सकदछन ? जनताले बुझेर निर्णय गर्नु पर्दछ । शर्मा नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा राजनीतिक बिश्लेषक हुनु हुन्छ ।