२०७८, ४ माघ मंगलवार
  • सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

      २०७८, २१ कार्तिक आईतवार १३:३०        आयो खबर

    काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको आयोखबरलाई

  • लाठी प्रहार गर्दा श्रीमतीको मृत्यु

      २०७८, २१ कार्तिक आईतवार १२:३४        आयो खबर

    काठमाडौं । दाङमा श्रीमानले लाठी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका-६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले लाठी प्रहार गर्दा ५० वर्षीया श्रीमती सुनिता रोकाको घटनास्थलमै मृत्यु भएको हो । घरायसी विवादमा दानबहादुरले लाठीले टाउको र घाँटीमा हिर्काउंदा सुनिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक सुनिता दानबहादुरकी

  • प्लाजाबाट स्रोत नखुलेको ८ लाख ६९ हजार रुपैयाँसहित तीन जना पक्राउ

      २०७८, १५ कार्तिक सोमबार १९:००        आयो खबर

    काठमाडौं । कैलाली प्रहरीले स्रोत नखुलेको साढे ८ लाखसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले आयोखबरलाई जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका-१ कोटदेबलका २२ वर्षीय

  • महाकाली नदीमा १० जना सवार डुङ्गा दुर्घटना

      २०७८, ११ कार्तिक बिहीबार १०:२२        आयो खबर

    काठमाडौं । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा बैतडी शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ-१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । महाकाली नदीस्थित शिवनाथ-१ खाँडघाटमा बुधबार साँझ १०