नेपाल जेसीजको ४४ औं महाधिवेसनका कारण भैरहवामा सुरु,अध्यक्षमा तिनजनाको चर्चा

९ पुष २०७४, आईतवार ०६:४१

पुष ९, भैरहवा ।

नेपाल जेसीजको ४४ औं महाधिवेसनका कारण भैरहवा युवामय भएको छ । शनिबारदेखी भैरहवामा सुरु भएको ४४ औ राष्ट्रिय महाधिवेसनकालागी देसभरका २ हजार भन्दा बढी यहाँ आएका छन् । महाधिवेसनमा १ सय ४३ साखाले सहभागीता जनाएका छन् ।

तिनदिनसम्म चल्ने महाधिवेसनले नयां नेतृत्व समेत चयन गर्नेछ । जसका कारण पनि यो क्षेत्रमा युवाहरुको चहलपहल बढेको हो । एक पद अध्यक्षकोलागी अहिले सम्म ३ जनाले प्रतिसपर्धा गर्नेगरी चरणबद्ध कार्यक्रममा सहभागी भएको महाधिवेसन निर्देसक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । अध्यक्षकोलागी रामग्राम जेसीज नवलपरासीका श्रीधर बस्याल, तिलोत्तमा जेसीज रुपन्देहीका विनोद सुवेदी र इटहरी जेसीजका महेश पौडेलको चर्चा छ । त्यस्तै ४ पद कार्यकारी उपाध्यक्षकोलागी १४ जनाले र १२ पद उपाध्यक्षकोलागी २१ जनाले उम्मेदवारी दिने देखिएको छ । सन् १९९१ मा १७ औं महाधिवेसन गरेको जेसीआइ सिद्धार्थले पुनः ४४ औं महाधिवेसन गर्ने अवसर पाएको हो । नेपाल अम्बुजा सिमेन्ट उद्योग मुख्य प्रायोजक रहेको महाधिवेसन स्थल महेन्द्रसभागृहको बाहिर पट्टि स्थानिय उद्योगबाट उत्पादीत स्टलहरु राखीएको छ ।

महाधिवेसनले ५ नम्बर प्रदेशकै मुलद्धार भैरहवा भन्सार, सेज, विश्व पर्यटनको केन्द्र लुम्बिनी, तथा विभिन्न उद्योग व्यापारको प्रबद्र्धन गर्ने तथा नयां नयां सोच र चिन्तनका साथ अगाडी बढ्न समुहगत प्रेरणाप्रदान गर्ने अपेक्षा लिइएको छ । सन् १९१५ मा अमेरिकाको सेन्ट लुईसमा स्थापना भएको जेसीजको १ सय १७ देशमा शाखा विस्तार छ । १८ वर्षदेखी ४० वर्ष उमेर समुहका युवाहरु संलग्न हुने जेसीजले विधीको शासन, मानवतावादी र विश्वबन्धुत्व भावनामा जोड दिन्छ । नेपालमा १९६४ मा स्थापना भएको नेपाल जेसीजको अहिले देशभरी १ सय ४४ वटा शाखा रहेका छन् । महाधिवेशन सम्पन्न गर्न करिब १ करोड ३५ लाख खर्च हुने र आम्दानी तर्फ रजिस्ट्रेशन एवं विज्ञापनदाताको सहयोग रहेको महाधिवेसन उप निर्देसक एवं मुख्य प्रायोजक संस्था नेपाल अब्वुजा सिमेण्ट सचांलक हेमन्त अग्रवालले बताए ।

धिवेसन गरेको जेसीआइ सिद्धार्थले पुनः ४४ औं महाधिवेसन गर्ने अवसर पाएको हो । नेपाल अम्बुजा सिमेन्ट उद्योग मुख्य प्रायोजक रहेको महाधिवेसन स्थल महेन्द्रसभागृहको बाहिर पट्टि स्थानिय उद्योगबाट उत्पादीत स्टलहरु राखीएको छ ।