उत्तर कोरियामा अझै गरिबी

५ पुष २०७४, बुधबार ०९:३३

सोल (एजेन्सी)
विगत पाँच वर्ष यता सन् २०१६मा उत्तर कोरियाका आय आर्जनमा तीव्र गतिमा सुधार आएको तर अझै पनि किम जोङ उनका जनता दक्षिण कोयिालीहरुका तुलनामा २० गुणाभन्दा बढी गरिब रहेको बताइएको छ ।


किमको आणविक हतियार विकास कार्यक्रमका कारण प्योङयाङमाथि अन्तराष्ट्रिय नाकाबन्दी लगाइए तापनि गत वर्ष उत्तर कोरियाको प्रतिव्यक्ति आय ५ प्रतिशतले वृद्धि भएर १ हजार ३ सय ४० अमेरिकी डलर पुगेको हालै सोलको तथ्यांक निकायले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।