सुर्खेतमा विभिन्न राजनीतिक दलका ४६ जनाको जमानत जफत

२८ मंसिर २०७४, बिहीबार ०९:०६

सुदिप पुरि

मंसिर, २८ सुर्खेत ।
प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनेका विभिन्न राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ ।

मंसिर २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका ५८ मध्ये ४६ जनाको जमानत जफत भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मूख्य निर्वाचन अधिकृत किरण सिवाकोटीका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले मात्रै जमानत जोगाएका छन् । बाँकी सबै राजनीतिक दल संवद्ध उम्मेदवारको जमानत जफत भएको छ ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्वर– १ मा प्रतिनिधिसभा सदस्यका लागि नौ जनाले उम्मेदवारी दिएकामा सात जनाको जमानत जफत भएको छ । क्षेत्र नम्वर–१ मा संघीय समाजवादी फोरम नेपालका धनवीर कामी, राष्ट्रिय जनमोर्चाका मोहन थापा, नेमकिपाका जीवनकुमार शाक्य, नयाँ शक्ति पार्टी नेपालका रेशमकुमार राना, एकीकृत राप्रपाका चक्रबहादुर नेपाली, मंगोल नेशनल अर्गनाईजेशनका देवबहादुर पुनमगर र विवेकशील साझा पार्टीका रम्मा आचार्यको जमानत जफत भएको हो ।

प्रदेशसभा–१ ‘क’ मा १० जना मध्ये आठको जमानत जफत भएको छ । संघीय समाजवादी फोरम नेपालका गंगे कामी, राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती, नेमकिपाका लालबहादुर थापाक्षेत्री, नयाँ शक्ति पार्टी नेपालका कर्णबहादुर बुढा, राप्रपा प्रजातान्त्रिकका कालीबहादुर चन्द, मंगोल नेशनल अर्गनाईजेशनका मिनबहादुर बुढा, राप्रपाका देवीराम चन्दरा र विवेकशील साझा पार्टीका दिपक रेग्मीको जमानत जफत भएको छ । प्रदेससभा–१ ‘ख’ मा सात उम्मेदवारको जमानत जफत भएको छ । संघीय समाजवादी फोरम नेपालका दिपलाल दमाई, राष्ट्रिय जनमोर्चाका धनबहादुर पुन, नेमकिपाका लक्ष्यबहादुर बुढा, नयाँ शक्ति पार्टी नेपालका डिलबहादुर डाँगी, राप्रपा प्रजातान्त्रिकका टोपबहादुर वली क्षेत्री, मंगोल नेशनल अर्गनाईजेशनका परवीर दमाई र राप्रपाका मानबहादुर खरालको जमानत जफत भएको छ ।

निर्वाचन क्षेत्र नम्वर–२ को प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका १० मध्ये आठ जनाको जमानत जफत भएको छ । राष्ट्रिय जनमोर्चाका कृष्णकुमारी रावल, नेमकिपाका बमबहादुर शाही, नयाँ शक्ति पार्टी नेपालका प्रचण्डकुमार पोखरेल, एकीकृत राप्रपा राष्ट्रवादीका इन्द्रबहादुर खड्का, मंगोल नेशनल अर्गनाईजेशनका नरबहादुर दर्लामीमगर, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका खडानन्द लामिछाने, विवेकशील साझा पार्टीका डा. गोविन्दप्रसाद आचार्य र नेपाल दलित पार्टीका कालुसिंह नेपालीको जमानत जफत भएको हो ।

प्रदेससभा–२ ‘क’ मा १० मध्ये आठ जनाको जमानत जफत भएको छ । संघीय समाजवादी फोरम नेपालका पञ्चसिंह रोकाय, राष्ट्रिय जनमोर्चाका जीवन शाही, नेमकिपाका रमाकुमारी गुरुङ, नयाँ शक्ति पार्टी नेपालका लक्ष्मीप्रसाद ढकाल, राप्रपा प्रजातान्त्रिकका राधिका थापा, मंगोल नेशनल अर्गनाईजेशनका तुलबहादुर लामिछानेमगर, विवेकशील साझा पार्टीका ओमदत्त रेग्मी र नेपाल दलित पार्टीका रेशम सेञ्चुरीको जमानत जफत भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेससभा–२ ‘ख’ मा पनि १० उम्मेदवार मध्ये आठ जनाको जमानत जफत भएको छ । राष्ट्रिय जनमोर्चाका लक्ष्मीबहादुर सुनार, नेमकिपाका जगतबहादुर लामिछानेमगर, नयाँ शक्ति पार्टी नेपालका निरकबहादुर तारामी, राप्रपा प्रजातान्त्रिकका कर्णबहादुर रेगामीमगर, मंगोल नेशनल अर्गनाईजेशनका भीमबहादुर विश्वकर्मा, विवेकशील साझा पार्टीका पदमप्रसाद खनाल, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका गणेशबहादुर शाही र राप्रपाका लक्ष्मीबहादुर बयकक्षेत्रीको पनि जमानत जफत भएको छ ।