नवनिर्वाचित सांसदहरुले भक्तपुरलाई प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त

मंसिर , २७ भक्तपुर।

नेकपा एमालेका तर्फबाट भक्तपुरबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रफत सन्चार क्लबद्वारा बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनीहरुले भक्तपुर ३ नम्बर प्रदेशको केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिकस्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउन पहल गर्ने बताए । भक्तपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेश बस्नेतले भक्तपुरको सानोठिमी क्षेत्र, सल्लाघारीको ९९ रोपनी जमिन, जगातीको इँटा–टायल कारखानालगायतका क्षेत्रमा ३ नम्बर प्रदेशको राजधानी निर्माण गर्न उपयुक्त स्थान हुने बताए ।

भक्तपुरलाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी तोक्न आफू निर्वाचित भएपछि मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवहरुसँग कुरा गरिसकेकाले अब भक्तपुरमा नै अस्थायी राजधानी हुने बताए । भक्तपुर–२ को प्रदेश ‘क’का सांसद शशीजंग थापा, ‘ख’का सांसद राजेन्द्रमान श्रेष्ठले बोडेको कृषि विकास तालिम केन्द्र र सानोठिमीस्थित शिक्षा विभाग क्षेत्र र खरिपाटीको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा ३ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिने बताए ।


प्रकाशित | २०७४ मंसिर २७ प्रकाशित ०९:३७

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ