३ अर्ब ५० करोड काठमाडौंको खाल्डोमा

१३ भाद्र २०७५, बुधबार १७:०५

सरकार अझैपनि विकाश निर्मणमा गम्भिर बनेको छैन् । विकाश निर्माणका कुराहरुमा ध्यान दिन छोडेर सरकार प्रचारबाजीमा मात्र लागेको सर्वसाधारण आरोप छ । मुलुक संघिय संरचनामा गएपछि सुध्रिने आशा गरेका नेपाली जनाताको आशा अहिले झन निरासामा परिणत भएको पाईन्छ ।

सडकको स्तारोन्नती हुन नसक्दा सधै सास्ती खेपिरहेका सर्वसाधारण सधै उहि बाटो हिँडि रहँदापनि सुधारमा नलाग्ने सरकारले विम्स्टेक सम्मेलनमा नेपाल आउने विदेशी पाहुँनाहरुलाई स्वागतको लागी भनेर खाल्डा खुल्डिहरु पुर्नको लागी मात्र ३ अर्ब ५० करोड लगानी गरेको छ ।

जबकी राम्रो संग लगानी गर्नेहो भने यसले काठमाडौंलाई विकाशको क्षेत्रमा अझै राम्रो बनाउन सक्छ । भुकम्पको कारण भत्किएका धरोहरहरु निर्माण गर्नको लागी पनि यसले अति नै सहयोग गर्ने थियो । तर, यत्रो पैसा सरकारले उपत्यकाका मुख्य मार्गका खाल्डाखुल्डी पुर्न मात्र प्रयोग गरेका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक चौथो सम्मेलनको अवसरमा उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी पुरिएको हो । सडक विभागले भने खाल्डाखुल्डी पुर्ने काम नियमित हुने जनाएको छ । यसका लागि चालू आर्थिक वर्षमा रु तीन अर्ब ५० करोडको बजेट रहेको विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।

“सडकको खाल्डाखुल्डी मर्मत सम्भारका लागि रु १५ अर्ब माग गरेका थियौँ, सडक बोर्ड नेपालले रु तीन अर्ब ५० करोडको मात्र व्यवस्था गरेको छ, यस वर्ष बिम्स्टेकको बैठक परेकाले थप बजेट आवश्यक परे अर्थमन्त्रालयले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ”, उनले भने ।

वर्षायाममा बढी सडक बिग्रने भएकाले बिटुमिन राखेर काम गर्न मिल्दैन । हाल इमुल्सन राखेर खाल्डाखुल्डी पुर्ने काम भइरहेको विभागले जनाएको छ । बिम्स्टेकका लागि विशेष सवारीको मार्ग परेको त्रिपुरेश्वर–कालीमाटी–कलङ्की र चाबहिल–बौद्ध–जोरपाटी–थली मार्गको मर्मत सम्भार ठेक्का लागेकै निर्माण व्यवसायीबाट गराइएको प्रवक्ता गौतमले सुनाए ।

बिम्स्टेकलाई लक्ष्य गरेर मर्मत सम्भार गर्ने सडकको काम आजसम्म सम्पन्न हुने जनाइएको छ । यस अवसरमा सडकमा विशेष रङरोगनसमेत गरिएको छ । केही स्थानमा जेब्रा क्रससमेत बनेको छ ।

खानेपानीको पुरानो वितरण सञ्जालको पाइप फुटेर सडकमा पानी जमी धेरै खाल्डाखुल्डी हुने गरेको विभागको भनाइ छ । बिम्स्टेकको मुखमा मुख्य मार्गका खाल्डाखुल्डी टालिए पनि अतिथिको मार्ग नपर्ने सडकमा कसैको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ । विभागले भने १५ दिनपछि बिग्रिएका सबै सडकको मर्मत सम्भार गरिने जनाएको छ ।