५१ जना घाइते,पाँच को मृत्यु

४ कार्तिक २०७५, आईतवार ०८:२२

५१ जना घाइते,पाँच को मृत्यु

नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या ५१ पुगेको छ।

मृत्यु भएका पाँच जनाको अझै सनाखत भएको छैन। घाइते भएका ४२ जनाको उपचार भरतपुरमा भइरहेको छ। नौ जनाको उपचार स्थानीय मेडिकलमा उपचार भरहेको नवलपुर प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए। इटहरीबाट भैरहवाका लागि छुटे को लु १ ख ८४५४ नम्बरको बस बिहान ५ बजेको समयमा अनियन्त्रित भई सडकबाट खसेको थयो। बसको बत्ती मधुरो रहेको र तीव्र गतिमा रहेका कारण दुर्घटनामा परेको थापाले बताए।