ज्याकलिनले केही समय पारिश्रमिक नबढाउने

१७ मंसिर २०७७, बुधबार ०९:१९

मुम्बई , बलिउड अभिनेत्री जैकलिन फर्नाडिज पछिल्लो समय अभिनेता सलमान खानसँग जोडिएकी छन् । अभिनेता सलमानसँग फिल्म किकमा काम गरेपछि यी अभिनेत्री चर्चामा आएकी हुन् । यसपछि उनले थुप्रै अभिनेताहरूसँग काम गरिसकेकी छन् ।

करिब आठ महिना बन्द भएर भारतका विभिन्न सहरमा फिल्म हल बिस्तारै सञ्चालनमा आउन थालेका छन् । यो सँगै बलिउडका केही फिल्मको छायांकन पनि सुरु हुन थलेको छ । अभिनेत्री जैकिलनले यसलाई सुखद खबर भनेकी छन् ।
बलिउड अभिनेता अभिनेत्रीहरूले अहिलेको अबस्थामा फिल्ममा काम गरेबापत पारिश्रमिक नबढाउने घोषणा गरेका छन् । यसै क्रममा अभिनेत्री जैकलिनले पनि अहिलेको अवस्थामा फिल्ममा पारिश्रमिक नबढाउने घोषणा गरेकी छन् ।एजेन्सी