पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन

१९ कार्तिक २०७७, बुधबार ०८:२५

काठमाडौं , कोरोना पोजेटिभ देखिएकी पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको निधन भएको छ ।

काठमाडौँस्थित नर्भिक अस्पतालमा मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन ।