राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि

२६ कार्तिक २०७७, बुधबार १४:००

काठमाडौं , राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार केसीलाई कोरोना संक्रमण रहेको बुधबार पुष्टि भएको हो।

परिवारका अनुसार केहीदिन यता अस्वस्थ भएपछि केसीको पीसीआर परीक्षण गरिएको थियो । उहाँको अहिले ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

बुटवल रहनु भएका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।