नेकपा भित्रको विवाद आगामी महाधिवेशनसम्म जारी रहने सम्भावना

२९ कार्तिक २०७७, शनिबार ०९:५८


डा डिआर उपाध्याय
,


काठमाडौं , सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले विवादका कारण संकटमा छ। पछिल्लो विवादले पार्टी विभाजन नै हुने होकी भन्र्ने चिन्ता छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दूरी बढेको छ । जनताका आशा अपेक्षा र आफूले गरेका प्रतिबद्धता भुलेर नेकपाका नेताहरू आफ्नो निहित स्वार्थमा लागेका छन । अहिले नेकपामा दुई अध्यक्ष बीचको मनमुटाव नै मुख्य कारणको रूपमा देखा परेको छ ।
लामो समयदेखि नेपाली राजनीतिमा सिद्धान्त र विचारको खडेरी छ। सिद्धान्त र विचारले नै राजनीतिक पार्टीहरू चल्ने हो । तर सिद्धान्त र विचार नै छैन । राजनीतिक व्‍यापार हुन पुगेको छ । अहिले नेकपामा भएको यही हो।अहिलेको अवस्था आउनुमा पार्टी एकता गर्दा सिद्धान्त र बिचारमा एकरुपता ल्याउन नसक्नु हो ।
आन्तरिक दाउपेच, गुटबन्दी, निहित स्वार्थ र शक्तिको बाँडफाँडले पाटी भित्र विवाद ल्याएको छ । एकले अर्कोलाई पछार्ने रणनीतिमा नेकपाका शीर्ष नेताहरु लागेका छन । यस्तो रणनीतिले नत देशको भलो हुन्छ नत पाटीको । देश र पाटी हार्ने रणनीतिले कसैको भलो गदैन । ।अहिले नेकपा भित्र त्यहि भईरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तीनवर्षे इतिहासमा पटक पटक बिवाद हुने गरेको छ । पार्टी एकता, विधि, पद्धतिको बाटोमा जान सकेन । नेकपा विवाद भित्र कुनै सैद्धान्तिक वा नीतिगत मुद्दा देखिँदैनन् । सत्ता स्वार्थको राजनीति मात्र देखिन्छ । नेकपाले आर्थिक, सामाजिक राजनीतिक रूपान्तरणको समाजवादोन्मुख बाटो लिन सकेन । शीर्ष नेता बीच आपसी लेनदेन मिलेमा विवाद साम्य हुने धेरैले अनुमान लगाएका छन । देशको दुर्भाग्य नै हो विगत सात दशकदेखि यस्तो दुर्भाग्यपूर्ण अवस्था निरन्तर चलिरहेको छ । यसको मूल कारण राजनीतिक नेतृत्व हो । विश्वका धेरै देश दुःख , कष्ट पार गर्दै विकसित भएका हुन् । किनकि तिनको राजनीतिक नेतृत्वमा देशको विकासका लागि दूरगामी दृष्टिकोण, दृढ अठोट, राजनीतिक प्रतिबद्धता, देश र जनताप्रतिको उत्तरदायित्व बोध थियो । त्यसो भएर ती देशहरु विकसित भएका हुन् । हाम्रो नेतृत्वसँग त्यो सोच नै छैन । जुन कारणले हामी पछाडी परिरहेका छौ । देशमा जनताप्रति समर्पित दुरदर्शि राजनीतिक नेतृत्वको खाँचो छ । अहिले स्थानीयतहदेखि संघीय सरकार एकलौटी रूपमा कम्युनिस्टको हातमा छ ।। तर, तीन वर्षको दौरानमा सुधार हुनुभन्दा देश झन् अराजक स्थितिमा पुगेको छ । यही अवस्था रह्यो भने देश पुनः अर्को द्वन्द्वमा फस्ने खतरा छ । जनतालाई मूर्ख बनाउने काम गरिँदै छ । परिस्थिती हिजो जस्तो छैन, जनता सचेत छन , जनतालाई मूर्ख बनाउने कोसीस कसैले नगरौं ।
सोभियत संघको पतनपछिको विश्व परिस्थितिमा कम्युनिस्ट आन्दोलन, मजदुर आन्दोलन, समाजवादमाथि साम्राज्यवादीबाट चौतर्फी प्रहार भइरहेको छ । प्रतिक्रियावादी शक्तिहरू, अन्तर्राष्ट्रिय शक्तिकेन्द्र तथा माफिया सञ्जालले देशलाई अग्रगमनतिर लैजान अवरोध खडा गरिरहेका छन । अव नेकपाले दूरदर्शिता, नीतिगत स्पष्टता, लक्ष्य र अवस्था सापेक्ष रणनीति, कार्यनीति, प्रशासनिक शुद्धीकरण, जनताका आधारभूत आवश्यताको प्राथमीकरण र तिनको परिपूर्तिको कार्यक्रम अनुसरण गर्नुपर्ने जरुरी देखिएको छ ।नेकपा भित्र कलह जारी छ । दुवै पक्ष आआफ्नो रणनीति तर्जुमा गर्न व्यस्त देखिन्छन् । देश र जनताको भलाईमाभन्दा आपसी झगडामा फस्नु नेपालका राजनीतिक दलहरुको चरित्र हो ।जनताले निर्वाचनमार्फत पाँच वर्ष सरकार चलाउने जिम्मा नेकपालाई दिएका छन् । सरकार चलाउने जिम्मा पाउनु जनताले गरेको विश्वास हो र यो विश्वासको पछिल्तिर जनअपेक्षा समेत छ । यो सत्यलाई बिर्सिएर दल र नेता शक्ति सङ्घर्षमा मात्र तल्लिन रहनु गैरजिम्मेवारीको पराकाष्ठा हो । नेकपा भित्रको विवाद आगामी महाधिवेशनसम्म जारी रहने सम्भावना देखिन्छ ।