तीन नेपाली राजदूतले राष्ट्रपतिसमक्ष शपथ लिए

१६ कार्तिक २०७७, आईतवार १६:५४

काठमाडौं , नवनियुक्त तीन नेपाली राजदूतले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका छन् ।

राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो ।