डिआरको नयाँ गीत‘ विश्वभरी अमर बनेका छन्’ सार्वजनिक

२७ कार्तिक २०७७, बिहीबार ११:३७

काठमाडौं , विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने व्यक्तित्वहरूको सम्मान स्वरूप तयार पारिएको विश्व गीत ‘विश्वभरी अमर बनेका छन्’ सार्वजनिक भएको छ । गीतकार डा डिआर उपाध्यायको नयाँ उक्त गीतमा गायक सागर अधिकारी ‘शरद’ को स्वर रहेको छ । देवेन्द्र नेवाः को संगीत तथा संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने धेरै व्यक्तित्वको नाम लिइएको छ । डा उपाध्यायको केही समयअघि सार्वजनिक एल्बम ‘धरोहर’ मा रहेको यो गीतले पनि कीर्तिमानी कायम गर्न सफल भएको थियो ।

गीतकार डा उपाध्यायका चाडपर्वका गीतदेखि लिएर छोरी बिदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग, महिला प्रताडना, गीत, मजदुर किसान भरिया लगायतका विषयमा केन्द्रित रहेका गीत आइसकेका छन् । विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ लेख्दै आउनु भएका डा उपाध्यायका दश उपन्यास प्रकाशित भइसकेका छन भने नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ आउने तयारीमा रहेको छ ।