चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो।

अर्थ मन्त्री विष्णु पौडेलले सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय भएको ट्वीटरमार्फत जानकारी दिनु भएको छ । नेता केसीलाई मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

राष्ट्रिय जनमोर्चाको बिहीबार बसेको बैठकले केसीको अवस्था गम्भीर रहेको भन्दै उपचारका लागि आर्थिक सहयोग गर्न आव्हान गरेको थियो। तर, केसीका परिवारले भने उहाँको अवस्था सामान्य रहेको भन्दै सहयोग माग्ने पार्टीको निर्णयको विरोध गरेका छन्।


प्रकाशित | २०७७ कार्तिक २७ प्रकाशित ११:४८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ