कञ्चनपुरमा ३२ जनामा मलेरिया रोग

कञ्चनपुर , कञ्चनपुरमा चार महिनाको अवधिमा ३२ जनामा मलेरिया रोग देखा परेको छ ।

गत साउन महिनायता कञ्चनपुरमा ३२ जना बिरामीमा मलेरिया रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरुमध्ये २१ जना जिल्लाभित्रकै व्यक्ति भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका स्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिनुभयो ।

त्यस्तै ११ जना बिरामी भारतबाट आएको देखिएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्ग अनुसार गत आर्थिक वर्षमा कञ्चनपुरमा एक सय १३ जनामा मलेरिया रोग देखिएको थियो ।

अहिले लामखुट्टेहरु समातेर ल्याबमा जाँच गर्ने काम भइरहेको र कञ्चनपुरमा हालसम्म गम्भीर खालको प्लाज्मोडियम फाल्सीपार नदेखिएको कार्यालयले जनाएको छ ।

सरकारले सन् २०२५ सम्म औलो निवारण लक्ष्य लिएको छ भने सन् २०२२ सम्म स्थानीय मलेरिया निवारण गर्ने लक्ष्य लिएको छ ।


प्रकाशित | २०७७ कार्तिक २३ प्रकाशित १०:५३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ