अकासिएको महँगी र मनपरी मूल्यवृद्धि

२५ कार्तिक २०७७, मंगलवार १०:०७

डा डिआर उपाध्याय,

काठमाडौं , नेपालीको रमाइलो चाड तिहार आउन अव केहि दिन मात्र बाँकी छ । तर यस पालीको तिहारमा गत बर्ष जस्तो रमाईलो पक्कै हुने छैन । मान्छे संग भिडभाड गर्ने , भैलो खेल्ने अवस्था अहिले छैन । दिदी , बैनीको हातबाट टिका लगाउने बस्ने , खाने यति हो । सरकारले पनि यस बर्ष भैलो खेल्न र खेलाउन नपाइृने भनेको छ । यदि भैलो खेल्ने र खेलाउनेका लागी कारवाही गर्ने कुरा गरेको छ । यो भनेको राम्रो कुरा हो यति बेला हामी सवै कोरोना संग जोगीने बेला हो । यो बर्षको तिहारमा रमाईलो गर्न नपाए पनि कोरोनाबाट बँच्न सकियौ भने अर्को बर्ष पनि तिहार रमाईलो संग मनाउन सकिन्छ नी । के को चिन्ता । यति बेला त कोरोना भाईरसको माहामारीले सवैलाई सताएको छ । ठिक यसै बेला श्रमजीवि जनता महंगीका कारण बाँच्न नसक्ने अवस्थामा छन । उनीहरुलाई मेलापर्व आए , नआएको केही मतलव छैन । बस् । उनीहरुलाई बिहान बेलुकाको छाक टार्ने चिन्ता मात्र छ । ब्यवस्था बदल्लिएको छ , तर जनताको अवस्था बदल्लिएन् । मेला पर्वको बेलामा बजारमा कालोवजारी देखिएको छ । बजारभाउको मूल्य छोइनसक्नु छ । बजारमा अत्यावश्यक सामान लुकाइएको छ र कृत्रिम अभाव सिर्जना गरिएको छ । तर, बजारमा अनुगमन छैन । सरकार र सरोकारवाला निकायको कतै पनि उपस्थिति छैन । बजार लगाम विनाको घोडो भएको छ । बजारमा मनपरी मूल्य छ । त्यसमाथि कृत्रिम अभाव छ । लामो समय देखि जनता आतंकित छन् ।सरकारी निकायले नियमित बजार अनुगमन गर्ने र अत्यावश्यक वस्तु तोकिएको मूल्यमा जनतालाई किनमेल गर्ने वातावरण सिर्जना गराउन सक्नुपर्छ ।कोभिड १९का कारण धेरैको रोजगारी खोसिएको छ । धेरैलाई के खाऔं , के लाऔं भन्र्ने समस्या छ । हिजो जस्तो परिस्थिती आज छैन । युवाहरु रोजगारी नपाएर बिरक्तिएका छन । कोभिड–१९ को महामारी दिनहुँ बढिरहेको छ । चीसो मौसम सुरु हुन थालेको छ । यो बेला संक्रमण अलि बढने अनुमान गरिएको छ । गरिव जनताको पर्व मान्ने पैसा छैन । जाडो छल्ने कपडा छैन । महामारी संग जुधनु परेको छ । समस्या त छ नी । बजारको महँगी र वस्तु अभावले गरिव जनता चिन्तित छन । व्यापारीहरू यही मौका छोपेर कमाउन आतुर छन् । बिचौलियाहरू पनि यहि बेलामा सलवलाईरहेका छन । यति बेला बजार नियन्त्रण गर्नु पर्ने बेला भएको छ । बजारमा मन परि चलेको छ । बजार अनुगमन र अकासिएको मूल्यवृद्धि तथा अराजकतामा रोकथाम जरुरी छ ।यसका लागि सरकार तथा सरोकारवाला निकाय प्रभावकारी ढंगले क्रियाशील हुनु जरुरी छ । अकासिएको महँगी र मनपरी मूल्यवृद्धि नियन्त्रण होस् भन्ने हाम्रो चाहना हो ।