सुर्खेतमा ८६ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु

४ कार्तिक २०७७, मंगलवार १६:१२

सुर्खेतमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा वीरेन्द्रनगर–८ सुर्खेतका ८६ वर्षीय वृद्धको मृत्यु भएको हो।

मंगलबार दिउँसो १ बजे उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनु भयो ।

कर्णाली प्रदेश अस्पतालका डा केएन पौडेलका अनुसार उनलाई असोज ३० गते बेलुका उपचारका लागि भर्ना गरिएको थियो। अस्पताल भर्ना हुनुअघि उनमा ज्वरो र खोकी थियो।

कात्तिक १ गतदेखि आइसियूमा राखेर उनको उपचार गरिएको पौडेलले बताउनु भयो । सोही दिन बिहान स्वाब संकलन गरी पिसिआर गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

नेपाली सेनाको समन्वयमा मंगलबार नै उनको शव व्यवस्थापन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।