सुन्धारामा रहेको मदनी मस्जिदमा तोडफोड

८ कार्तिक २०७७, शनिबार १५:२०

काठमाण्डौ , काठमाण्डौको सुन्धारामा रहेको मुसफिर मदनी मस्जिदमा तोडफोड भएको छ । शनिबार बिहान नचिनेका मानिसका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन् ।

एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारो समेत बन्ने गरेको छ । निर्माणधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मस्जिद भत्काइएपछि काठमाण्डौमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन् ।