सरकार के गाउँ गाउँमा सिंहदरबार भनेको यहि हो ?

२० आश्विन २०७७, मंगलवार ०८:१७


डा डिआर उपाध्याय,

हिजो नेपाली कांग्रेसका प्रदेश ५ का सांसदहरुले कुर्सी तोडफोड गरेको समाचारले अलिकति सोच्ने बनायो । उनीहरुको माग भनेको प्रदेश ५ को राजधानी बुटवल नै हुनु पर्छ भन्र्ने हो । कांग्रेसले कुर्सी तोडफोडमा संलग्न सांसदलाई कारवाही गर्ने संकेत त गरेको छ। तर कारवाही हुन्छ की हुदैन त्यो भने हेर्न बाँकी छ । प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्ने क्रममा सोमबार नेपाली कांग्रेसका सांसदहरुले कुर्सी तोडफोड गरेका थिए। उनीहरुले प्रदेश सरकारको विरोध गर्दै प्रदेश मन्त्रीलाई प्रस्ताव पेश गर्न रोष्ट्रम जाने क्रममा अवरोध प्रयास समेत गरेका थिए। यति बेला सवै तिर कांग्रेस सांसदको हर्कतको चौतर्फी आलोचना भएको छ । कांग्रेसका प्रदेश ५ का सांसदले कुर्सी टेबलमा बजार्ने, रोष्टमतिर फाल्ने र माइक पनि तोडफोड गरेको दृश्य भिडियोमा देखिन्थ्यो । यो लाज मर्दो हर्कतले लोकको जग हसाएको छ । यो हर्कतले लोकतन्त्रकै खिल्ली उडाएको आरोप सामाजिक सञ्जालमा पोखिएको छ ।
तोडफोड र भाँडभैलोका बीच प्रदेश ५ को स्थायी राजधानी र नामकरण प्रस्तावमाथिको छलफल सोमबार सकिएको छ । प्रदेश ५ सरकारले शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा राख्ने प्रस्ताव पेस गरेको थियो । नेपाली कांग्रेसका प्रदेश ५ का सांसदहरु छलफलबिनै प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्ताव ल्याइएको भन्दै आक्रोशित भएका हुन् । यसको बिरोधमा प्रदेश ५ मा सडक समेत तातेको छ । गाडीमा तोडफोड भएको छ । बाटोमा टायर बालिएको छ । नारा जुलुश गरिएको छ । सत्तारुढ दलका नेताहरुलाई गाली गरिएको छ । सरकार के गाउँ गाउँमा सिहदरबार भनेको यहि हो ? नेपाली जनताले आफनो पसिनाबाट तिरेको करबाट खरिद गरिएको सरकारी सम्पत्तिको तोडफोड गर्नेलाई के कार्बाही हुन्छ सरकार ? यस्ता नेता भएका हाम्रो देशका जनताले उनीहरुबाट के आश गर्ने ? अब देशमा संघीयता घाडो भएको संकेत पो देखिन थाल्यो । सरकार अव बेलैमा बिचार गर्ने कि ?