सरकारले भन्योः यसपालि जहाँ छौं, त्यहीँ बसेर दसैं मनाऔं

१८ आश्विन २०७७, आईतवार १७:१६

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दसैं जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय गर्ने र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराउनु भयो ।
पछिल्लो समय संक्रमणको अवस्था खराब भएको भन्दै मन्त्रालयले चाडबाडमा समेत विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।